कर्णाली
श्रावण ५, २०७५

टुक्रे योजनामा टालटुल

यहाँका स्थानीय तहले गतवर्ष टुक्रे योजनामा करोडौं रकम खर्च गरेका छन् । गत वर्ष स्थानीय तहले सडक र विद्युत् जस्ता ठूला योजनालाई कम प्राथमिकता दिएका थिए । यस वर्ष पनि बढी महत्त्वका योजनामा न्यून रकम मात्र विनियोजन गरिएको छ ।

विपन्नलाई सहकारीको सेयर

आठबिसकोट नगरपालिकाका विपन्न परिवारलाई स्थानीय सरकारले सहकारीको सेयर खरिद गरिदिएको छ । आठबिसकोट नगरपालिकाले नगरभरिका ६ सय ७० गरिब तथा विपन्न परिवारलाई ५/५ हजारका दरले सेयर खरिद गरिदिएको हो ।

जनप्रतिनिधिविरुद्ध उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा वैशाखमा भेरीगंगा नगरपालिका–१२ का वडाध्यक्ष हरिप्रसाद कँडेलले नि:शुल्क उपलब्ध गराउने औषधि बिक्री गरेको उजुरी पर्‍यो । लगत्तै अख्तियारले प्रारम्भिक अनुसन्धान थाल्यो ।

दृष्टिविहीनको बिचल्ली

कपुरकोट गाउँपालिकाको दानबाङका दृष्टिविहीन भद्रसिंह दमाई बिचल्लीमा परेका छन् । रेखदेख गर्ने कोही नहुँदा दमाईको अवस्था दयनीय बन्दै गएको छ । सहाराविहीन हुँदा उनलाई दैनिक जीविकोपार्जनमा समस्या भएको छ ।

श्रावण ४, २०७५

कान्तिपुरकर्मी पुरस्कृत

कान्तिपुरकर्मी हरि गौतम पुरस्कृत भएका छन् । राष्ट्रिय महिला आयोगले महिला हिंसाविरुद्ध, महिला सशक्तिकरण, विकास तथा लैङ्गिक समानताको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुर्‍याएको भन्दै कान्तिपुर दैनिकका रुकुम संवाददाता गौतमलाई कदरपत्रसहित नगद १५ हजारले पुरस्कृत गरेको हो । 

ADVERTISEMENT

अस्पतालमा ज्यादती भएको भन्दै नेविसंघको प्रदर्शन

अस्पतालमा बिहीबार भएको घटनाको विरोध गर्दै नेविसंघले प्रदर्शन गरेको छ । कर्णाली विज्ञान प्रतिष्ठान, जुम्लामा भएको ज्यादतीविरुद्ध नेपाल विद्यार्थी संघ शुक्रबार सडकमा उत्रिएको हो ।

पहिरोमा पुरिंदा २ को मृत्यु, तीन घाइते

जुनीचाँदे गाउँपालिका ६, छिर्कमा स्थानीय भक्तबहादुर बुढाको घर पहिरोले पुरिंदा २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाईते भएका छन् ।

फोन गर्न डाँडामा

दार्मा गाउँपालिकाको मालिका डाँडामा जडित मोबाइल टावरले काम नगर्दा स्थानीयलाई डाँडामा उक्लिएर फोन गर्नुपर्ने बाध्यता छ । मोबाइल नेटवर्कले गाउँपालिकाको केन्द्र फारुलामा काम नगर्दा जनजीवन प्रभावित भएको छ ।

सदरमुकाममा फोहोर

सदरमुकाम नारायण नगरपालिकाको फोहोरले कुसाडा गाउँ दुर्गन्धित बनेको छ । सदरमुकामको फोहोर नारायण नगरपालिका–२, कुसाडा बस्ती नजिकैको जंगल क्षेत्रमा फाल्ने गरिएको छ । गाउँ नजिकै फोहोर फालिएपछि स्थानीयबासी नाक थुनेर दैनिक कामकाज र आउजाउ गरेका छन् ।

ADVERTISEMENT

बजेटप्रति नगर उपप्रमुखको असहमति

बन्गाड कुपिण्डे नगरपालिकामा चालु आर्थिक वर्षमा विनियोजित बजेट समान रूपमा नभएको भन्दै नगर उपप्रमुख लगायतका वडा अध्यक्षले असहमति जनाएका छन् । दुई सातादेखि दैनिक कार्यपालिकाको बैठक बस्दा समेत टुंगोमा पुगेको छैन ।