कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

पहिरोले जाजरकोट सदरमुकाममा यातायात अवरुद्ध

भीमबहादुर सिंह

जाजरकोट — सदरमुकाम खलंगा बजारमा यातायातका साधन आवजावत गर्न बन्द भएका छन् । अाइतबार रातिको बर्षात्‌का कारण खलंंगासँग जोडिएको पक्की सडकमा चारैतिर पहिरो खसेपछि आवतजावत रोकिएको हो । 

पहिरोले जाजरकोट सदरमुकाममा यातायात अवरुद्ध

छिन्चु–जाजरकोट सडकको शान्तिचौताराको खहरे खोलामा १० मिटर सडक भत्किँएको छ । सडक भत्किएपछि खलंगाबाट सोमबार जिल्ला बाहिर जाने तथा भित्रिने यातायातका साधन शान्तिचौतारा र बोहरागाँउ अलपत्र परेका छन् । खलगा बजारभित्रकाे सडकका ठाँउ ठाँउमा पहिरो खसेको छ ।

प्रकाशित : श्रावण ७, २०७५ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?