कर्णाली

Pradesh-6

लोप हुँदै रैथाने बीउ

जिल्लामा आलु, धान, चिनो कागुनोलगायतको रैथाने जात लोप हुँदै गएको छ । बढी फल्ने भन्दै किसानले उन्नत जातको बीउको लगाउन थालेपछि परम्परागत बीउ लोप भएको हो । उन्नत प्रविधिको आलु खेती गर्न थालेपछि रैथाने जातको आलु लोप भएको छ ।

लोप हुँदै रैथाने बीउ

हिलाम्मे सडकमा गाडी फसे

वर्षाका कारण गमगढी–नाग्मा सडक हिलाम्मे भएपछि यात्रुलाई आवतजावतमा सास्ती भएको छ । गमगढीदेखि नाग्मासम्मको ९४ किमि सडक हिलाम्मे भएपछि गाडी ठाउँठाउँमा अलपत्र परेका छन् ।सडक हिलाम्मे बनेपछि फसेका गाडीहरू निकाल्न यात्रुलाई सास्ती हुने गरेको छ ।

हिलाम्मे सडकमा गाडी फसे
श्रावण ८, २०७५

समयमा ठेक्का नदिँदा विकास रकम खर्च भएन

विकासका लागि गत वर्ष विनियोजन भएको अधिकांश रकम यहाँका विषयगत कार्यालयले खर्च गर्न सकेका छैनन् । समयमै ठेक्का नहुनु, असारमै सबै रकम खर्च गर्ने प्रवृत्ति कायमै हुनु, जनशक्ति अभावलगायतका कारण रकम खर्च हुन नसकेको हो ।

समयमा ठेक्का नदिँदा विकास रकम खर्च भएन
श्रावण ७, २०७५

पहिरोले जाजरकोट सदरमुकाममा यातायात अवरुद्ध

सदरमुकाम खलंगा बजारमा यातायातका साधन आवजावत गर्न बन्द भएका छन् । अाइतबार रातिको बर्षात्‌का कारण खलंंगासँग जोडिएको पक्की सडकमा चारैतिर पहिरो खसेपछि आवतजावत रोकिएको हो । 

पहिरोले जाजरकोट सदरमुकाममा यातायात अवरुद्ध

डिजिटल बोर्ड र कम्प्युटरमार्फत पढाइ

जिल्लाभरका सामुदायिक विद्यालय अब प्रविधिमैत्री बनाइने भएको छ । विद्यार्थीलाई डिजिटल बोर्ड (विद्युतीय पाटी) र कम्प्युटरमार्फत पढाइन लागेको हो । ६ वटै स्थानीय तहले यसका लागि आ–आफ्नो स्थानीय तहबाट आवश्यक पहल सुुरु गर्ने भएका छन् ।

डिजिटल बोर्ड र कम्प्युटरमार्फत पढाइ

पहिरो जोखिममा १२ गाउँ

जिल्लाका १२ गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । रिघा, कम्फा, चराप, कालापाल्ता, रावलबाडा, भियालबाडा, माग्री, गमगढी क्याम्पस रोड, गाडेखोला, भटडाडीलगायत १२ गाउँ पहिरोको उच्च जोखिममा परेका हुन् ।

पहिरो जोखिममा १२ गाउँ

भत्केको घर फोरेर निस्किए किशोर

जुनीचाँदे–६, छिर्क गर्खाकोटका १२ वर्षीय पारस बुढा कहालीलाग्दो घटना सम्झँदा अझै विक्षिप्त हुन्छन् । आफैंले उद्धार गर्दागर्दै आधा घण्टामै हजुरआमा र बहिनीको पहिरोमा पुरिएर ज्यान गुमेको घटना झलझल्ती सम्झन्छन् ।

भत्केको घर फोरेर निस्किए किशोर

तरकारीबाट मासिक लाख आम्दानी

सिद्धकुमाख गाउँपालिकास्थित फलाटेका कुलाराम रेउले तरकारी खेतीबाट आत्मनिर्भर बनेका छन् । १२ वर्षदेखि तरकारी खेती गरेका उनले हाल त्यसबाट मासिक एक लाख रुपैयाँसम्म आम्दानी हुँदै आएको उनले बताए । उनले २२ रोपनीमा तरकारी खेती गरेका छन् ।

तरकारीबाट मासिक लाख आम्दानी
श्रावण ६, २०७५

नगरपालिका र मालपोतबाट रकम संकलनमा कमी

चौरजहारी नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा एक करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर त्यसको आधाभन्दा कम ४५ लाख राजस्व मात्रै नगरपालिकाले संकलन गर्न सक्यो ।

नगरपालिका र मालपोतबाट रकम संकलनमा कमी

आमा समूहले गराए मेलमिलाप

शारदा नगरपालिका–७, कजेरीका आमा समूहमा आबद्ध महिला विभिन्न हिंसाविरुद्ध सक्रिय हुन थालेका छन् । आमा समूहमा आबद्ध महिलाले हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । हिंसापीडितलाई कानुनी दायरामा ल्याउनसमेत महिला सक्रिय भएका छन् ।

आमा समूहले गराए मेलमिलाप

रानीखेतले कुखुरा मरे

यहाँका स्थानीय तहले अनुदानमा वितरण गरेका कुखुरा रानीखेत रोगका कारण धमाधम मरेका छन् । एक सातामा यहाँका विभिन्न गाउँमा एक सातामा करिब १० हजार कुखुरा मरेका छन् । यहाँका स्थानीय तहले बाहिरबाट कुखुरा ल्याएर अनुदानमा किसानलाई वितरण गरेका थिए ।

रानीखेतले कुखुरा मरे

‘१० हजार भत्ता माग’

राष्ट्रिय अपांग महासंघ नेपालले संघीय लोकतान्त्रिक शासन व्यवस्थामा समेत अपांगताको सवाललाई राज्यका हरेक निकायले सम्बोधन गर्न नसकेको जनाएको छ ।

‘१० हजार भत्ता माग’

खानेपानी योजना अलपत्र

भेरी नगरपालिका–१३, कुदुका आठ सय घरपरिवारले वर्षौंदेखि खानेपानी संकट बेहोर्दै आएका छन् । उनीहरू भेरी नदी तथा कुवाको धमिलो र दूषित पानी पिउन बाध्य छन् । बारेकोट गाउँपालिका–४, जिरीका तीन सय परिवार पनि कुवा र खोल्साको पानीमा निर्भर छन् । कुशे–८ जिन्ताला र वडा नम्बर ५ खुर्पाका ६ सय घरपरिवारलाई पानीकै पिरलो छ ।

खानेपानी योजना अलपत्र