कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

जेब्राक्रस राख्न सिफारिस

कान्तिपुर संवाददाता

सुर्खेत — ट्राफिक व्यवस्थापन तथा नियन्त्रणसम्बन्धी कार्यदलले वीरेन्द्रनगरको मुख्यबजार क्षेत्रमा तत्काल जेब्राक्रस राख्न सिफारिस गरेको छ ।

जेब्राक्रस राख्न सिफारिस

कार्यदलले बसपार्क, मंगलगढी, एरीचोक र तीनकुनेमा ट्राफिक सूचना दिन मल्टिमिडिया डिस्प्ले राख्न पनि सिफारिस गरेको छ । सूचना बोर्डसहित सुरक्षित बाटो काट्न ३० स्थानमा जेब्राक्रस, बजार क्षेत्रमा आवश्यकताअनुसार ट्राफिक चिह्न राख्न भनिएको छ । अटोरिक्सा नियमन तथा व्यवस्थापन, पार्किङ, बसपार्कको व्यवस्था गर्न सिफारिस गरिएको हो । बसपार्कमा आफूखुसी व्यवसाय सञ्चालनमा रोक लगाउन नसकेको, फोहोर व्यवस्थापन नभएकाले तत्काल नगरपालिकाले आवश्यक पहल गर्न कार्यदलको सुझाव छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको अध्यक्षतामा असार १२ मा बसेको सर्वपक्षीय बैठकले बसपार्क तथा ट्राफिक व्यवस्थापनसम्बन्धी कार्यदल गठन गरेको थियो । जिल्ला ट्राफिक प्रहरी प्रमुख हरिबहादुर बीसीको संयोजकत्वमा नगरपालिकाका प्रतिनिधि, यातायात समितिका प्रतिनिधिलगायत सरोकारवाला रहेको १३ सदस्यीय कार्यदल गठन गरिएको थियो । प्रतिवेदन बुझ्दै नगर प्रमुख सुवेदीले कार्यदलको सुझावअनुसारै ट्राफिक व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक स्रोत उपलब्ध गराउने बताए ।

प्रकाशित : श्रावण १२, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?