२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चियामा विष हालेर खुवाउने पक्राउ

कान्तिपुर संवाददाता

डोल्पा(दुनै) — नुनचियामा विष हालेर खुवाएको अभियोगमा प्रहरीले एक जनालाई सोमबार सार्वजनिक गरेको छ ।

चियामा विष हालेर खुवाउने पक्राउ

गत शुक्रबार बेलुका जगदुल्ला गाउँपालिका वडा नम्बर–२ सिम्लाइनस्थित पालमा रहेको होटेलमा काम गर्ने कामदारले नुन चियामा विष हालेर खुवाए पछि १ जनाको मृत्यु र २ जना बिरामी भएका थिए ।


जाजरकोट कुशे गाउँपालिका–५ जहरगाउँका १७ वर्षीय प्रकाश सिंहलाई जिल्ला प्रहरी कार्यालय डोल्पाले सार्वजनिक गरेको हो ।


अभियुक्त सिंहले घट्ना आफूले नै गराएको भनी प्रहरी समक्ष स्वीकारेका छन् । अभियुक्त सिंहले होटेलमा काम गरेर बस्ने क्रममा साहुनी चन्द्रकुमारी बुढाथोकीले आफूलाई तथानाम गाली गरेपछि उनले यस्तो कुकर्म गरेको प्रहरीले जनाएको छ ।


सिंहले पाटनमा पाइने विष जराको रस भोटेचियामा राखेका थिए । दुनै तर्फबाट घरजाने क्रममा होटल पुगेका दर्शन बुढाथोकी र झलकमान भनिने इन्द्रजित जिसीसहित चन्द्रकुमारी बुढाथोकीले उक्त चिया खाएका थिए । चियामा हालिएको विष लागेर दर्शन बुढाथोकी मरेको अन्य दुई जना बिरामी भएका थिए ।

प्रकाशित : श्रावण १४, २०७५ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?