१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

तलब माग्दै शिक्षक धर्नामा

एलपी देवकोटा

जुम्ला — जुम्लाका तिला गाउँपालिकाका शिक्षकहरुले अन्तिम चौमासिकको तलब दिन आनाकानी गरेको भन्दै गाउँपालिकाको कार्यालयमा धर्ना दिएका छन् । तत्काल तलबको व्यवस्था गर्न माग गर्दै उनीहरुले शुक्रबारदेखि गाउँपालिका कार्यालयमा धर्ना सुरु गरेका छन् ।

तलब माग्दै शिक्षक धर्नामा

विद्यालयहरुले गत आर्थिक वर्षको पाठ्यपुस्तक र छात्रबृत्ति रकम नपाएको, शिक्षक र विद्यालय कर्मचारीले पोशाक भत्ता नपाएको भन्दै तत्काल माग सम्बोधन गराउन आन्दोलनका कार्यक्रम थालिएको तिला गाउँपालिका शिक्षक संघर्ष समितिका अध्यक्ष मानबहादुर शाहीले बताए ।

विद्यालयमा आउने पीसीएफ, ननपीसीएफ, छात्रवृत्ति पाठ्यपुस्तक, बुक कर्नर, निरन्तर मुल्यांकन खर्च, प्रशासन खर्च, एसआईपी निर्माण गर्ने लगायतका काममा स्थानीय तह गठनयता बाधा पुग्दै आएको शिक्षकहरुको गुनासो गरेका छन् ।

एक साताभित्र तलब भत्ताको व्यवस्था हुन नसके आन्दोलनका कडा कार्यक्रम सार्वजनिक गर्ने शिक्षकहरुले चेतावनी दिएका छन् । तिला गाउँपालिकामा ५८ लाख शिक्षकको तलब अपुग देखिएको हो ।

प्रकाशित : श्रावण १९, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?