२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८
कर्णाली

Pradesh-6

स्थानिय तहका स्वास्थ्य संस्थामा प्रयोगशाला र कर्मचारीको दरबन्दी माग

स्थानीय तह माताहातका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य प्रयोगशाला र जनशक्तिको दरबन्दी थप गराउनुपर्ने प्रयोगशालाकर्मीहरुले माग गरेका छन् । जुम्लाका आठवटै स्थानिय तहका प्रमुखहरुसँग भेट गरी ज्ञापनपत्र दिँदै स्थानीयतहका स्वास्थ्य संस्थामा अनिवार्य रुपमा प्रयोगशालाकर्मीको दरबन्दीको व्यवस्था गर्न माग गरेका हुन् ।

स्थानिय तहका स्वास्थ्य संस्थामा प्रयोगशाला र कर्मचारीको दरबन्दी माग

खर्च भयो काम पूरा भएन

पाँच दशकअघि साबिकको जिविसले खलंगा–लक्ष्मीपुर–रामपुर हँुदै तुलसीपुर जोड्ने सडक निर्माणको काम सुरु भयो । लक्ष्मीपुरको मासखोलासम्म ४० किमि ट्रयाक खनेर सडक निर्माणको काम रोकियो ।

खर्च भयो काम पूरा भएन

मुहान थुनेर अर्को गाउँलाई पानी

छायानाथ रारा नगरपालिका–११, रयाङच्याकाटी गाउँमा खानेपानी अभाव भएको छ । खानेपानी तथा सरसफाइ कोष विकास समितिले खानेपानीको मुहान थुनेपछि गाउँमा खानेपानीको हाहाकार भएको हो ।

मुहान थुनेर अर्को गाउँलाई पानी
श्रावण १९, २०७५

तलब माग्दै शिक्षक धर्नामा

जुम्लाका तिला गाउँपालिकाका शिक्षकहरुले अन्तिम चौमासिकको तलब दिन आनाकानी गरेको भन्दै गाउँपालिकाको कार्यालयमा धर्ना दिएका छन् । तत्काल तलबको व्यवस्था गर्न माग गर्दै उनीहरुले शुक्रबारदेखि गाउँपालिका कार्यालयमा धर्ना सुरु गरेका छन् ।

तलब माग्दै शिक्षक धर्नामा

धावक रोकायाको नाममा पर्यटन मार्ग

एथलेटिक्सका अन्तर्राष्ट्रिय धावक एवं प्रशिक्षक हरिबहादुर रोकायाको नाममा खंलगा–केटीएस–चेरे–खाली–बुलबुले सडकको नामकरण गरिएको छ ।

धावक रोकायाको नाममा पर्यटन मार्ग

पुल बनेपछि विद्यालय नियमित

बन्गाडकुपिण्डे नगरपालिका १, अम्रा र सुर्खेतको सिम्ता गाउँपालिका जोड्ने भेरी नदीमा पुल बनेपछि विद्यार्थीको पठनपाठन नियमित बनेको छ । यसअघि वर्षायाममा नदीमा पानीको बहाव नघट्दा विद्यार्थी पठनपाठनबाट वञ्चित हुने समस्या थियो ।

पुल बनेपछि विद्यालय नियमित

२० दिनपछि फोहोर उठ्यो

मुसिकोट नगरपालिकाले फोहोर उठाउन थालेको छ । खलंगा, बागबजार, सेरीगाउँ, सल्लेमा थुप्रिएका फोहोर नगरपालिकाले शुक्रबारदेखि उठाउन थालेको हो ।

२० दिनपछि फोहोर उठ्यो
श्रावण १८, २०७५

बाढीले रोकिए गाडी

छिन्चु–जाजरकोट सडकखण्डको बन्गाड खोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरू बन्गाडकुपिण्डे नगरपालिकाको सल्लीबजारमा अलपत्र परेका छन् । प्रहरीका अनुसार लगातार भएको वर्षाका कारण जिल्लाभर एक दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएका छन् ।

बाढीले रोकिए गाडी

५५ वर्षमा १२ पास

जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा तिलकप्रसाद न्यौपानेले ५५ वर्षको उमेरमा कक्षा १२ को परीक्षा उत्तीर्ण गरेका छन् । सरकारी सेवामा ३६ वर्षअघि प्रवेश गरेका नायब सुब्बा न्यौपानेले अवरुद्ध भएको पढाइ पूरा गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले सकेसम्म पढाइलाई निरन्तरता दिने बताए ।

५५ वर्षमा १२ पास

छरिए बस टिकट काउन्टर

सदरमुकाममा एकै ठाउँमा व्यवस्थित टिकट काउन्टर नहुँदा यात्रुलाई सास्ती भएको छ । टिकटको खोजीमा भौंतारिँदा कतिपय यात्रुले गाडी छुट्ने गरेको गुनासो गरेका छन् । एकै ठाउँमा नहुँदा यात्रु ठगिने गरेका छन् ।

छरिए बस टिकट काउन्टर

समूहमा विद्यार्थी बिरामी

जनकल्याण माध्यमिक विद्यालय बाँफिकोट गाउँपालिका–९, पूरानागाउँको पठनपाठन केही दिनदेखि नियमित हुन सकेको छैन । १० बजेदेखि १२ बजेसम्मका सबै विषय नियमित पठनपाठन भए पनि १२ बजेपछिका कुनै पनि विषय पठनपाठन गराउने वातावरण विद्यालयमा छैन । अनौठो खालको लक्षणसहित विद्यार्थी बिरामी हुन थालेपछि पठनपाठन नियमित हुन नसकेको हो ।

समूहमा विद्यार्थी बिरामी