२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

मुहान थुनेर अर्को गाउँलाई पानी

कान्तिपुर संवाददाता

मुगु — छायानाथ रारा नगरपालिका–११, रयाङच्याकाटी गाउँमा खानेपानी अभाव भएको छ । खानेपानी तथा सरसफाइ कोष विकास समितिले खानेपानीको मुहान थुनेपछि गाउँमा खानेपानीको हाहाकार भएको हो ।

मुहान थुनेर अर्को गाउँलाई पानी

समितिले मुहान थुनेर बालचौर गाउँका स्थानीयलाई पानी दिएपछि स्थानीयवासी खानेपानी सुविधाबाट वञ्चित भएका हुन् ।

खानेपानीको समस्याका कारण स्थानीयवासी र पशु चौपायालाई समस्या भएको छ ।
उक्त मुहानबाट २०२१ सालदेखि गाउँमा खानेपानी आपूर्ति हुँदै आएको थियो । पानीको मुहान थुनेर अर्को गाउँको पाइपमा पठाइएपछि दुई सातादेखि खानेपानी अभाव भएको स्थानीय हस्तबहादुर नेपालीले बताए ।

‘एक गाउँलाई अछुतो बनाएर अर्को गाउँलाई पानी दिइएको छ,’ उनले भने,‘समितिको भेदभावका कारण स्थानीयवासी पानीका लागि ठूलो सास्ती भोग्न बाध्य छन् ।’ पुख्र्यौली पानीको मुहान थुनिएपछि स्थानीयवासी एक घण्टा टाढाको रोवा गाउँमा पुगेर पानी ल्याउन बाध्य छन् ।

रोवा गाउँका स्थानीयले समयमा पानी भर्ने पालो नदिँदा जाग्राम बस्नुपर्ने बाध्यता भएको छ । चौपायालाई एक सातादेखि पानी खुवाउन नपाएको स्थानीयको गुनासो छ । गाउँमा पानीको मुहान थुनेर हाहाकार मच्चिएपछि स्थानीयवासीले गमगढीमा आएर समितिको साझेदारी संस्था आरसीडीसीको कार्यालयमा धर्ना दिएका छन् ।

प्रकाशित : श्रावण २०, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?