स्थानिय तहका स्वास्थ्य संस्थामा प्रयोगशाला र कर्मचारीको दरबन्दी माग
जुम्ला — स्थानीय तह माताहातका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य प्रयोगशाला र जनशक्तिको दरबन्दी थप गराउनुपर्ने प्रयोगशालाकर्मीहरुले माग गरेका छन् । जुम्लाका आठवटै स्थानिय तहका प्रमुखहरुसँग भेट गरी ज्ञापनपत्र दिँदै स्थानीयतहका स्वास्थ्य संस्थामा अनिवार्य रुपमा प्रयोगशालाकर्मीको दरबन्दीको व्यवस्था गर्न माग गरेका हुन् ।
संघियतामा हरके गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण गर्ने सरकारको नीति अनुरुप अस्पताल निर्माण गर्दा प्रयोगशाला पनि अनिवार्य भएकाले प्रयोगशालामा आवश्यक पर्ने कर्मचारीहरुको दरबन्दीको व्यवस्था नभएको हुँदा स्थानीयतहहरुले दरबन्दिको व्यवस्था माग गर्नका लागि ध्यानाकर्षण गराएको मेडिकल ल्याब्रोटरि एसोसिएसन अफ नेपालको जुम्ला शाखाका अध्यक्ष नवराज खड्काले बताए ।
‘जुम्लामा अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल मात्रै रहेको छ,’ उनले भने, ‘अब स्थानीय तहका अस्पतालहरुमा अस्पताल खुलेपछि जनशिक्त आवश्यक पर्ने भएकाले अहिलेदेखि नै सचेत गराएका हौं ।’
प्रयोगशाला क्षेत्र एक निदानात्मक सेवा भएकाले निश्चित समयमा रोग पहिचान गरी बिरामीको स्वास्थ्य उपचारमा प्रयोगशालाकर्मीहरुको ठूलो भुमिका हुने मेडिकल ल्याब्रोटरी एसोसिएसन अफ नेपालका केन्द्रिय सचिव दिपेन्द विक्रम हमालले बताए ।
‘प्रत्येक गाउँपालिकामा १५ शय्याको अस्पताल र नगरपालिकामा ५० शय्याको अस्पताल संचालनमा ल्याउनु पूर्व नै सबै कुरामा ध्यान दिनुपर्छ,’ उनले भने, ‘संघिय मामिला तथा सामान्य प्रशासा मन्त्रालयले पनि सबै स्थानीय तहलाई आवश्यक पर्ने पदको लागि दरबन्दिको विवरण पठाउनका लागि पत्राचार गरिसकेको छ । त्यसमा ल्याबमा कामगर्ने कर्मचारीको पदको व्यवस्था गर्न सुझाव दिएका छौं ।’
प्रकाशित : श्रावण २०, २०७५ १३:५९

प्रतिक्रिया