स्थानिय तहका स्वास्थ्य संस्थामा प्रयोगशाला र कर्मचारीको दरबन्दी माग

एलपी देवकोटा

जुम्ला — स्थानीय तह माताहातका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य प्रयोगशाला र जनशक्तिको दरबन्दी थप गराउनुपर्ने प्रयोगशालाकर्मीहरुले माग गरेका छन् । जुम्लाका आठवटै स्थानिय तहका प्रमुखहरुसँग भेट गरी ज्ञापनपत्र दिँदै स्थानीयतहका स्वास्थ्य संस्थामा अनिवार्य रुपमा प्रयोगशालाकर्मीको दरबन्दीको व्यवस्था गर्न माग गरेका हुन् ।

संघियतामा हरके गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण गर्ने सरकारको नीति अनुरुप अस्पताल निर्माण गर्दा प्रयोगशाला पनि अनिवार्य भएकाले प्रयोगशालामा आवश्यक पर्ने कर्मचारीहरुको दरबन्दीको व्यवस्था नभएको हुँदा स्थानीयतहहरुले दरबन्दिको व्यवस्था माग गर्नका लागि ध्यानाकर्षण गराएको मेडिकल ल्याब्रोटरि एसोसिएसन अफ नेपालको जुम्ला शाखाका अध्यक्ष नवराज खड्काले बताए ।

‘जुम्लामा अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल मात्रै रहेको छ,’ उनले भने, ‘अब स्थानीय तहका अस्पतालहरुमा अस्पताल खुलेपछि जनशिक्त आवश्यक पर्ने भएकाले अहिलेदेखि नै सचेत गराएका हौं ।’

प्रयोगशाला क्षेत्र एक निदानात्मक सेवा भएकाले निश्चित समयमा रोग पहिचान गरी बिरामीको स्वास्थ्य उपचारमा प्रयोगशालाकर्मीहरुको ठूलो भुमिका हुने मेडिकल ल्याब्रोटरी एसोसिएसन अफ नेपालका केन्द्रिय सचिव दिपेन्द विक्रम हमालले बताए ।

‘प्रत्येक गाउँपालिकामा १५ शय्याको अस्पताल र नगरपालिकामा ५० शय्याको अस्पताल संचालनमा ल्याउनु पूर्व नै सबै कुरामा ध्यान दिनुपर्छ,’ उनले भने, ‘संघिय मामिला तथा सामान्य प्रशासा मन्त्रालयले पनि सबै स्थानीय तहलाई आवश्यक पर्ने पदको लागि दरबन्दिको विवरण पठाउनका लागि पत्राचार गरिसकेको छ । त्यसमा ल्याबमा कामगर्ने कर्मचारीको पदको व्यवस्था गर्न सुझाव दिएका छौं ।’

Esewa Pasal

प्रकाशित : श्रावण २०, २०७५ १३:५९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तलब माग्दै शिक्षक धर्नामा

एलपी देवकोटा

जुम्ला — जुम्लाका तिला गाउँपालिकाका शिक्षकहरुले अन्तिम चौमासिकको तलब दिन आनाकानी गरेको भन्दै गाउँपालिकाको कार्यालयमा धर्ना दिएका छन् । तत्काल तलबको व्यवस्था गर्न माग गर्दै उनीहरुले शुक्रबारदेखि गाउँपालिका कार्यालयमा धर्ना सुरु गरेका छन् ।

विद्यालयहरुले गत आर्थिक वर्षको पाठ्यपुस्तक र छात्रबृत्ति रकम नपाएको, शिक्षक र विद्यालय कर्मचारीले पोशाक भत्ता नपाएको भन्दै तत्काल माग सम्बोधन गराउन आन्दोलनका कार्यक्रम थालिएको तिला गाउँपालिका शिक्षक संघर्ष समितिका अध्यक्ष मानबहादुर शाहीले बताए।

विद्यालयमा आउने पीसीएफ, ननपीसीएफ, छात्रवृत्ति पाठ्यपुस्तक, बुक कर्नर, निरन्तर मुल्यांकन खर्च, प्रशासन खर्च, एसआईपी निर्माण गर्ने लगायतका काममा स्थानीय तह गठनयता बाधा पुग्दै आएको शिक्षकहरुको गुनासो गरेका छन्।

एक साताभित्र तलब भत्ताको व्यवस्था हुन नसके आन्दोलनका कडा कार्यक्रम सार्वजनिक गर्ने शिक्षकहरुले चेतावनी दिएका छन्। तिला गाउँपालिकामा ५८ लाख शिक्षकको तलब अपुग देखिएको हो।

प्रकाशित : श्रावण १९, २०७५ १०:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT