१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८
कर्णाली

Pradesh-6

चार महिनादेखि संसदीय समिति नेतृत्वविहीन

संसद्ले थप छलफलका लागि ‘सामाजिक संघसंस्था नियमन गर्न बनेको विधेयक २०७५’ प्रदेशको सामाजिक विकास समितिमा पठाएको दुई महिना बितिसक्यो । बैठक सञ्चालन कार्यविधि बन्न ढिलाइले समितिमा उक्त विधेयकमाथि छलफल भएको छैन ।

चार महिनादेखि संसदीय समिति नेतृत्वविहीन

अस्पताल तोडफोड

उपचारका क्रममा महिलाको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीको लापरबाहीका कारण भएको भन्दै चौरजहारी अस्पताल तोडफोड गरेका छन् । बिरामीका आफन्तले आन्दोलन गरेपछि तीन दिनदेखि चौरजहारी अस्पताल तनावग्रस्त बनेको हो ।

अस्पताल तोडफोड

वर्षामै खानेपानी अभाव

सिद्धकुमाख गाउँपालिका–५ राम्रीका बासिन्दालाई वर्षायाममै खानेपानी अभाव छ । स्थानीयले वर्षौंदेखि बाह्रै महिना खानेपानी समस्या भोग्न बाध्य छन् । स्थानीयवासीले एक घण्टा टाढाको मुहानबाट खानेपानीको जोहो गरेका छन् ।

वर्षामै खानेपानी अभाव
श्रावण २२, २०७५

विद्यालय पहिरोको जोखिममा

अविरल वर्षाका कारण बाग्चौर नगरपालिकाको बांगेलाँखुरी नजिकै राप्ती लोकमार्ग एक मिटर तल भासिएको छ । सडक भासिएपछि यातायात सञ्चालनमा समस्या आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बन्गाड खोलामा आएको बाढीका कारण पनि यातायात सेवा अवरुद्ध भएको छ ।

विद्यालय पहिरोको जोखिममा

सिन्डिकेट हट्यो अन्योल यथावत्

वीरेन्द्रनगरबाट साउन १ गते बोटेचौर जाँदै गरेको काँक्रेविहार यातायात समितिको बसमा सुब्बाकुना नजिक गलत दिशाबाट आएको साइकल ठोक्कियो । साइकल चालक प्रकाश विक गम्भीर घाइते भए ।

सिन्डिकेट हट्यो अन्योल यथावत्
श्रावण २१, २०७५

यार्सा बेच्न तिब्बती हाट

यार्सागुम्बा बेच्न यहाँका व्यापारी तिब्बत जान थालेका छन् । शुक्रबारदेखि क्याटो र छोग्रामा लाग्ने हाटबजारमा यार्सा बिक्री गर्न संकलक तिब्बत जान थालेका हुन् । पाटनमा धेरै व्यापारी नआएको र संकलनस्थलमा राम्रो भाउ नपाएको भन्दै संकलक तिब्बत जान थालेका हुन् ।

यार्सा बेच्न तिब्बती हाट

माटो बोकेर करेसाबारी

आठबीसकोट नगरपालिका–९, वादी वस्तीकी तारा वादीले घरको बलेसीसँगै करेसाबारी बनाएकी छिन् । आफ्नो घरसँगै जोडिएको थोरै जमिनको उपयोग गरेर उनले आफूलाई पुग्दो तरकारी फलाउन थालेकी छिन् । उनीजस्तै निर्मला वादीले पनि घरको बलेसीमै करेसाबारी बनाएकी छिन् ।

माटो बोकेर करेसाबारी

‘पहिरोपीडितलाई राहत देऊ’

कर्णाली प्रदेशसभाका सांसदहरूले प्राकृतिक प्रकोप पीडितहरूको समयमै उद्धार तथा राहत प्रदान गर्न प्रदेश सरकारसँग आइतबार माग गरेका छन् ।

‘पहिरोपीडितलाई राहत देऊ’
श्रावण २०, २०७५

स्थानिय तहका स्वास्थ्य संस्थामा प्रयोगशाला र कर्मचारीको दरबन्दी माग

स्थानीय तह माताहातका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य प्रयोगशाला र जनशक्तिको दरबन्दी थप गराउनुपर्ने प्रयोगशालाकर्मीहरुले माग गरेका छन् । जुम्लाका आठवटै स्थानिय तहका प्रमुखहरुसँग भेट गरी ज्ञापनपत्र दिँदै स्थानीयतहका स्वास्थ्य संस्थामा अनिवार्य रुपमा प्रयोगशालाकर्मीको दरबन्दीको व्यवस्था गर्न माग गरेका हुन् ।

स्थानिय तहका स्वास्थ्य संस्थामा प्रयोगशाला र कर्मचारीको दरबन्दी माग

खर्च भयो काम पूरा भएन

पाँच दशकअघि साबिकको जिविसले खलंगा–लक्ष्मीपुर–रामपुर हँुदै तुलसीपुर जोड्ने सडक निर्माणको काम सुरु भयो । लक्ष्मीपुरको मासखोलासम्म ४० किमि ट्रयाक खनेर सडक निर्माणको काम रोकियो ।

खर्च भयो काम पूरा भएन

मुहान थुनेर अर्को गाउँलाई पानी

छायानाथ रारा नगरपालिका–११, रयाङच्याकाटी गाउँमा खानेपानी अभाव भएको छ । खानेपानी तथा सरसफाइ कोष विकास समितिले खानेपानीको मुहान थुनेपछि गाउँमा खानेपानीको हाहाकार भएको हो ।

मुहान थुनेर अर्को गाउँलाई पानी