कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

अविरल वर्षाका कारण डोल्पामा यातायात सेवा अवरुद्ध

कान्तिपुर संवाददाता

डोल्पा(दुनै) — केही दिनदेखि परेको अविरल वर्षाले डोल्पालाई जोड्ने हवाई सेवा र आन्तरिक यातायातका रुपमा रहेको जीप प्रभावित हुने गरेको छ । 

अविरल वर्षाका कारण डोल्पामा यातायात सेवा अवरुद्ध

वर्षाका कारण डोल्पालाई बाहिरी जिल्लाहरुसँग जोड्ने एक मात्र यातायातको साधन हवाई सेवा पटक पटक प्रभावित हुँदै आएको छ ।


वर्षाका कारण शनिबार पनि नेपालगन्ज डोल्पा र सुर्खेत डोल्पा कुनै पनि हवाई उडानहरु हुन सकेनन् ।


यात्रु तथा कार्गो लिएर उड्ने तयारीमा रहेका विभिन्न एयरलाइन्सका जहाजहरुले मौसम खराबीको कारण उडान भर्न सकेनन् ।


उडानका लागि सामान र टिकट जाँच गराई प्रतिक्षा कक्षमा पसेका यात्रुहरु मौसम नखुलेपछि फर्कन बाध्य भएको दिपक रिजालले बताए ।


हप्ताभन्दा अघिदेखि परेको वर्षाका कारण हवाई यातायात हप्तामा ५ दिन प्रभावित हुने गरेको जुफाल विमानस्थलका स्थानीय जनप्रतिनिधि हरिप्रसाद डाँगीले बताए ।


यो दु:खलाई मध्यनजर गरेर नेपाल सरकारले डोल्पामा बस सेवा सञ्चालनका लागि मोटरबाटो छिटो पुऱ्याउने गरी बजेट विनियोजन गरिदिनु पर्ने र दुनैसम्म आउने मोटरबाटोमा लाग्ने आवश्यक मोटरेवल पुलहरु छिटो निर्माण गरिदिनुपर्ने डाँगीको भनाइ छ ।


हवाई सेवा मात्र होइन दुनैदेखि सुंपानीसम्म चलेको आन्तरिक जीप सेवा पनि वर्षाका कारण भेत्ति डाडा वारिपारी लगायत बिचबिचमा माथिबाट पहिरो खस्ने र ढिक भत्कनाले जीप बन्द हुदै, सञ्चालन हुदै गर्ने गरेको यथार्थ डोल्पालीहरुका सामु रहेको स्थानीयहरुले दुखेसो पोखे ।


यसमा स्थानीय, प्रदेश र संघीय सरकारले समन्वयात्मक रुपमा छिटो काम गरेर बस सेवाले अन्य जिल्लाहरुलाई तथा वाह् सडक सञ्जालसँग जोड्ने गरी बस सेवा सञ्चालन हुने गरी काम गरिदिनु पर्ने अपेक्षा गरेका छन् ।

प्रकाशित : श्रावण २६, २०७५ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?