कर्णाली

Pradesh-6

बलात्कारको आरोपमा पक्राउ

बालिका बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सान्नीत्रिवेणी गाउँपालिका–५ रिस्कोटका २८ वर्षीय जनबहादुर बम छन् । 

बलात्कारको आरोपमा पक्राउ

नेपाल बार राजनीतिक संगठन भयो : मुख्य न्यायाधीश

उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिकुमार पोख्रेलले नेपाल बार एसोसिएसन पेशागतभन्दा राजनीतिक संगठन भएको बताएका छन् । उनले बारले कानुन व्यवसायीको पेशागत संगठनको रुपमा आफ्नो पहिचान बनाउनुपर्ने बताए ।

नेपाल बार राजनीतिक संगठन भयो : मुख्य न्यायाधीश

पहिरो पीडितलाई ब्यक्तिगत ३ लाख सहयोग 

निर्माण ब्यवसायी एवं समाजसेवी रत्नबहादुर खड्काले पहिरो पीडित परिवारलाई नगद ३ लाख सहयोग गरेका छन् । छेडागाड नगरपालिका–१३ कार्कीगाँउ निवासी खड्काले ८ दिन अघि भेरी नगरपालिका–३ ठाँटीबजारको पहिरोमा ज्यान गुमाएका ९ जनाका आफन्तलाई उक्त राहत वितरण गरेका हुन् ।

पहिरो पीडितलाई ब्यक्तिगत ३ लाख सहयोग 

सदरमुकाम नै हिलाम्मे

सदरमुकाम नारायण नगरपालिकामा अधिकांश सडक हिलाम्मे भएपछि यात्रुलाई आवतजावतमा समस्या भएको छ । सडक मर्मत नहुँदा सदरमुकाम नै हिलाम्मे बनेको छ । कतिपय स्थानमा सडकमै पानी जमेर स–साना पोखरी बनेका छन् ।

सदरमुकाम नै हिलाम्मे

बैंक गाउँमा, गाउँपालिका सदरमुकाममा

सोरु गाउँपालिकाको कामकाज सदरमुकामबाटै सञ्चालन भएपछि स्थानीयलाई सरकारी सेवा लिन समस्या भएको छ । बैंक अभावको कारण देखाउँदै गाउँपालिकाले सदरमुकामबाटै कामकाज सञ्चालन गर्दै आएको छ ।

बैंक गाउँमा, गाउँपालिका सदरमुकाममा

आलुले बढायो आम्दानी

बाग्चौर नगरपालिकास्थित बाँफुखोलाका किसान व्यावसायिक आलु खेतीमा लागेपछि जीवनस्तर फेरिएको छ । करिब एक हजार घरधुरी रहेको बाफुखोलामा ८० प्रतिशत किसान व्यावसायिक आलु खेतीमा छन् ।

आलुले बढायो आम्दानी

विस्थापितलाई खानेपानी अभाव

यहाँको शुभकालिका गाउँपालिकाले हाउडी पहिरो विस्थापितलाई नैनेलमाडुमा पुन:स्थापना गरेको छ । शुभकालिका ६ हाउडीस्थित कबलथलाबाट फुटेको पहिरोपीडित २५ दलित परिवारका १ सय ७६ जनालाई गाउँपालिकाले नैनोलमाडुस्थित चौरमा पाल हालेर पुन:स्थापना गरेको हो ।

विस्थापितलाई खानेपानी अभाव
श्रावण २६, २०७५

अविरल वर्षाका कारण डोल्पामा यातायात सेवा अवरुद्ध

केही दिनदेखि परेको अविरल वर्षाले डोल्पालाई जोड्ने हवाई सेवा र आन्तरिक यातायातका रुपमा रहेको जीप प्रभावित हुने गरेको छ । 

अविरल वर्षाका कारण डोल्पामा यातायात सेवा अवरुद्ध

फेरिँदै गमगढी

सडक र पूर्वाधार विकाससँगै सदरमुकाम गमगढी बजारमा व्यावसायिक गतिविधि बढ्न थालेका छन् । बजारमा नयाँ घर बनाउने र जग्गा खरिद गर्ने क्रम बढेको छ । परम्परात घर विस्थापित हुँदै गएका छन् । पक्की घर निर्माणले गति लिएको छ ।

फेरिँदै गमगढी

बालमैत्री नगर बन्दै तिलागुफा

तिलागुफा नगरपालिका बालमैत्रीउन्मुुख बनेको छ । नगरपरिषद्ले बालमैत्री स्थानीय शासनका सूचक पूरा गरी ५ वर्षभित्र नगरपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी तीव्र बनाएको छ ।

बालमैत्री नगर बन्दै तिलागुफा

पुरियो सिँचाइ योजना

सडक निर्माणका क्रममा पुरिएको ढाकाडाम–साङटा–भ्।mयारिबाङ–घुसखोला सिँचाइ योजना मर्मत नगर्दा किसान मर्कामा परेका छन् । सिँचाइ सुविधा नहुँदा नियमित बाली लगाउन सकिएको छैन ।

पुरियो सिँचाइ योजना