कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

पहिरो पीडितलाई ब्यक्तिगत ३ लाख सहयोग 

भीमबहादुर सिंह

जाजरकोट — निर्माण ब्यवसायी एवं समाजसेवी रत्नबहादुर खड्काले पहिरो पीडित परिवारलाई नगद ३ लाख सहयोग गरेका छन् । छेडागाड नगरपालिका–१३ कार्कीगाँउ निवासी खड्काले ८ दिन अघि भेरी नगरपालिका–३ ठाँटीबजारको पहिरोमा ज्यान गुमाएका ९ जनाका आफन्तलाई उक्त राहत वितरण गरेका हुन् ।

पहिरो पीडितलाई ब्यक्तिगत ३ लाख सहयोग 

कृष्ण निर्माण सेवा जाजरकोटका प्रोपाईटर तथा कांग्रेस महासमिति सदस्यसमेत रहेका खड्काले ब्यक्तिगत रुपमा प्रति मृतक ३० हजारका दरले आइतबार रकम उपलब्ध गराएका छन् । पहिरोमा दुई घर पुरिदाँ मृत्यु भएका ८ बालबालिकासहित ९ जनाका परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको छ ।


पीडित परिवारको पुन:स्थापनाका लागि सहयोग उपलब्ध गराएको खड्काले बताए । पीडितहरु आश्रय लिएर बसिरहेको बृद्धाश्रममै पुगेर रकम हस्तान्तरण गरिएको थियो ।

प्रकाशित : श्रावण २७, २०७५ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?