कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल बार राजनीतिक संगठन भयो : मुख्य न्यायाधीश

कलेन्द्र सेजुवाल

सुर्खेत — उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिकुमार पोख्रेलले नेपाल बार एसोसिएसन पेशागतभन्दा राजनीतिक संगठन भएको बताएका छन् । उनले बारले कानुन व्यवसायीको पेशागत संगठनको रुपमा आफ्नो पहिचान बनाउनुपर्ने बताए ।

नेपाल बार राजनीतिक संगठन भयो : मुख्य न्यायाधीश

‘यो (नेपाल बार) राजनीतिक वा पेशागत कस्तो किसिमको संगठन हो, प्रष्ट हुनुपर्छ,’ नेपाल कानुन व्यवसायी परिषदद्वारा आइतबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले भने, ‘यदि यो राजनीतिक रुपमा अघि बढ्यो भने न्याय र कानुनको क्षेत्रमा राम्रो हुँदैन ।’


मुख्य न्यायाधीश पोख्रेलले कानुन व्यवसायीप्रति पनि गुनासो गरे । ‘कानुन व्यवसायी भनेका ‘सामाजिक अभियन्ता पनि हुन्, तर यहाँ त पैसा कमाउने व्यवसायी हुन् भन्ने जस्तो देखिन्छ,’ उनले भने, ‘अब हामीले आफ्नो व्यवहार र कार्यशैली सच्याउन आवश्यक छ ।’


परिषदका पूर्वसदस्य ध्रुवकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला न्यायाधीश ध्रुवकुमार शाह, कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धर, वरिष्ठ अधिवक्ता भूषण मानन्धर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कानुन उपसचिव जंगबहादुर डाँगी, उच्च अदालतको सहन्यायाधिवक्ता सुरेन्द्रजंग शाही लगायतले बोलेका थिए ।

प्रकाशित : श्रावण २७, २०७५ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?