बलात्कारको आरोपमा पक्राउ

कान्तिपुर संवाददाता

कालिकोट — बालिका बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सान्नीत्रिवेणी गाउँपालिका–५ रिस्कोटका २८ वर्षीय जनबहादुर बम छन् । 

बलात्कारको आरोपमा पक्राउ

बालिकालाई २ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको उजुरीका आधारमा बमलाई शनिबार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताए । दलित समुदायकी पीडित बालिकाले साउन १८ देखि २० गतेसम्म सोही गाउँपालिका–३ स्थित एक घरमा बमले बन्धक बनाएर लगातार बलात्कार गरेको उजुरी दिएपछि बमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


साउन २५ गते जिल्ला अस्पतालमा पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक निरोज चौलागाईंले बताए ।

प्रकाशित : श्रावण २७, २०७५ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?