बिरामीको मृत्यु पछि अस्पतालमा तनाव

हरि गौतम

रुकुम पश्चिम — उपचारको क्रममा बिरामीको मृत्यु भएपछि राप्ती समाज अस्पतालमा तोडफोड भएको छ । मुसीकोट नगरपालिका–१ सल्लेमा रहेको अस्पतालमा मृतकका आफन्तले ढुङ्गामुढा गरेका हुन ।

बिरामीको मृत्यु पछि अस्पतालमा तनाव

त्रिवेणी गाउँपालिका–९ का वडा सदस्य समेत रहेका २७ वर्षीय कमल रावलको सोमबार बिहान राप्ती समाज अस्पतालमा मृत्यु भएको थियो ।


स्वास्थ्यकर्मीको लापरवाहीको कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुङ्गा प्रहार गर्दा अस्पतालका झ्यालका सिसा फुटेका छन् । २६ गते शनिबार टाउको दु:ख्ने, जिउ दु:ख्ने समस्याका कारण रावल अस्पताल भर्ना भएका थिए ।


सामान्य अवस्थामा रहेका रावलमाथि गलत सुईको प्रयोग भएको आफन्तको आरोप छ । सुई लगाएको केही छिनमै रावलको मृत्यु भएको दाबी आफन्तले गरेका छन् । बिहान सुई लगाइसकेपछि दुध पिउँदा पिउँदै उनको मृत्यु भएको कुरुवा लक्ष्मण रावलले बताए । ‘कमलको अवस्था सामान्य नै थियो, कुरा गरिरहेका थियौं, बाहिर भित्र गरेकै थियो, सुई लाउने बित्तिकै उसलाई यस्तो भयो, अस्पताल र डाक्टरको लापरबाहीले यो सबै भएको हो,’ रावलले भने । रोग सामान्य छ, यतै ठिक हुन्छ भनेपछि अन्य अस्पताल नलगिएको उनले बताए । ‘रोग ठिक हुन्छ भन्ने ग्यारेन्टी गरेपछि हामी यतै बस्यौं, अन्तत दु:खद घटना भयो,’ रावलले भने ।


अहिले मृतकका आफन्त अस्पताल वरिपरी बसेका छन् । प्रहरी परिचालन गरिएको छ । अस्पतालले मृत्युको कारणबारे बताउनुपर्ने माग उनीहरुको छ । हिडेरै अस्पताल पुगेको बिरामीको मृत्यु हुनु स्वभाविक नभएको भनाई मृतकका आफन्तको छ ।

प्रकाशित : श्रावण २८, २०७५ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?