कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोलामा बगेर महिलाको मृत्यु  

भीमबहादुर सिंह

जाजरकोट — बारेकोट गाउँपालिका–५ नायकबाडाकी २३ वर्षीय तारासिंह अधिकारीको नलगाड खोलाको मालुवातरामा शव भेटिएको छ ।

खोलामा बगेर महिलाको मृत्यु  

उनलाई कसरी खोलाले बगायो भन्ने खुल्न सकेको छैन । आइतबार घरबाट उपचार गर्न भन्दै प्राथमिक स्वास्थ्य केन्द्र लिम्सातर्फ एक्लै हि‌ँडेकी सिंहको शव सोमबार १० किलोमिटर तल रहेको मालुवातरामा फेला परेको हो ।


अस्पताल जाने बाटोमा पर्ने गोलखानी खोला र नलगाड मध्ये कुनै एक खोलाबाट बगेर उनको मृत्यु भएको आशंका गरिएको स्थानीय प्रकाश गिरीले बताए । मृतकका पति जनकबहादुर सिंह रेडियो जाजरकोटमा आवद्ध संचारकर्मी हुन् । मृतककी एक छोरी छन् ।

प्रकाशित : श्रावण २८, २०७५ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?