१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

भेरीले बगायो तीन होटल र एक पसल

हरि गौतम

रुकुम पश्चिम — भेरी नदीले बहाव परिवर्तन गर्दा ४ वटा पसल बगेका छन् भने जाजरकोट–डोल्पा सडक भत्किएको छ । नलगाड नगरपालिका–१२, जाजरकोटको तल्लुगबगरस्थित झोलुङ्गे पुल नजिकैबाट पहिरो खसी नदीको बहाव रुकुमतर्फ सोझिँदा ती पसल बगेका हुन् । 

भेरीले बगायो तीन होटल र एक पसल

भेरी नदीको बहाव परिवर्तन भएपछि आठबीसकोट नगरपालिका ४ स्थित छोटे बगरका ३ वटा होटेलसहितका कटेज र एउटा मोटर पार्ट तथा तेलको (डिजेल तथा पेट्रोल) पसल बगेको प्रहरीले जनाएको छ । प्रहरी चौकी गोतामकोटका इन्चार्ज प्रहरी सहायक निरीक्षक ओमप्रकाश शर्माले वीरबहादुर ध्यारले सञ्चालन गरेको मोटर पार्टस र तेलको पसल, शक्ति चदारा, पुष्तलाल घर्ती मगर र जयकुमारी सार्कीका होटेलसहितका एक/एक वटा कटेज भेरीले बगाइदिएको जानकारी दिए ।


भेरी नदीले जाजरकोट–सडकअन्तर्गत छोटेबगर–त्रिवेणी खण्डको छोटेबगरनिरको ७५ मिटर बढी सडक पनि बगाएको छ । उक्त सडक खसेपछि सवारी साधन चलाउन नसकिने असई शर्माले बताए । उनका अनुसार ४ वटा पसलको ५० लाख मूल्य बराबरको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।


होटल तथा पसल बगाएपछि ४ घर परिवार बिचल्लीमा परेका छन् । भएभरको सामग्री बगाइदिएपछि व्यापारीहरु बिचल्लीमा परेको स्थानीय पृथीबहादुर विष्टले बताए ।


सोमबार बेलुकी ६ बजेर १५ मिनेट जाँदा जाजरकोटबाट भेरी नदीमाथि पहिरो खसेपछि नदीको बहाव रुकुम पश्चिमतर्फ मोडिएको थियो ।


नदीले जाजरकोटबाट रुकुम पश्चिम तर्ने झोलुङ्गे पुल पनि जोखिममा परेको छ । भेरी नदीले कटान गरेपछि भेरी नदी र रुकुम पश्चिमतर्फका पुलको भाग १० मिटरको दूरीमा मात्रै रहेको छ । भेरी नदी सोझिएपछि छोटेबगरका अरु स्थानीयलाई भने सुरक्षित ठाउँमा सारिएको छ । जाजरकोट भन्दा रुकुमतर्फको भूभाग कमजोर भएकाले भेरीको बहाव रुकुमतर्फ सोझिएको स्थानीयले बताएका छन् ।

प्रकाशित : श्रावण २९, २०७५ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?