२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

हेलिकप्टरको पंखाले काटेर एक भारतीयको मृत्यु

जयबहादुर रोकाया

हुम्ला — चीनसँग सिमा जोडिएको नाम्खा गाउँपालिकाको हिल्सामा मानसरोवर केलाश तीर्थ यात्रामा गएका एक भारतीयको आफै चढेको हेलिकप्टरको पंखाले काटेर मृत्यु भएको छ ।

हेलिकप्टरको पंखाले काटेर एक भारतीयको मृत्यु

मानसरोवर कैलाश तीर्थ यात्रा गर्न सिमकोटबाट हेलिकप्टरमा गएका भारत महाराष्ट्रका मुम्बइ निवासी ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहताको मृत्यु भएको हो ।


नेपालस्थित भारतीय दूतावासका हुम्ला प्रतिनिधी जनकबहादुर शाहीका अनुसार एक्सप्लोर कैलाश ट्रेक प्रालीमार्फत आएका मेहेता हिल्सामा पुगेपछि हेलिकप्टर बाट ओर्लनेक्रममा पछाडिको पंखाले काटेर घटनास्थलमै मृत्यु भएको हो ।

तीर्थयात्री मेहेता मनाङ एयरको नाइनएनएम भीकल साइन भएको हेकिप्टरमा सिमकोटबाट उडेको थिए ।


घटनाको जानकारी लिन र आवश्यक मुचुल्का लगायतका कागजात तयार गर्न जिल्ला प्रहरी कार्यालयको एक टोली हिल्सा गएको छ ।

प्रकाशित : श्रावण २९, २०७५ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?