कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

स्थानीय तहको प्राथमिकता सडक

स्थानीयवासीलाई विकासको प्रत्याभूति गराउन सडक निर्माणको कामलाई प्राथमिकता दिएको सोरु गाउँपालिकाले जनाएको छ
राजबहादुर शाही

मुगु — जिल्लाका स्थानीय तहले सडक निर्माणको कामलाई प्राथमिकता दिएका छन् । गत वर्ष सडक निर्माणको कामलाई मुख्य योजनामा राखेका छायाँनाथ रारा नगरपालिका, खत्याड, सोरु र मुगमकार्मारोङ गाउँपालिकाले यस वर्षपनि सडक निर्माणलाई प्राथमिकता दिएको जनाएका छन् ।

स्थानीय तहको प्राथमिकता सडक

स्थानीयवासीलाई विकासको प्रत्याभुति गराउन सडक निर्माणको कामलाई प्राथमिकता दिएको सोरु गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा चार करोड बजेट सडकमा विनियोजन गरिएको थियो । गाउँपालिकाका अनुसार सिपदेखि दारी र जिमादेखि झिरझिरपानीसम्मको १२ किमि सडक निर्माण गरिएको छ ।

त्यस्तै, गिलाहा–तारापानीदेखि कालै–खनाया–सेरासम्मको ७ किमि सडक खनिएको छ । सडक विकासको पहिलो मेरुदण्ड भएकाले बढी महत्त्व दिएको गाउँपालिकाले जनाएको छ । सोरुले स्थानीय अन्नबाली कोदो, कागुनो, चिनो, सिमी, मास र कपास खेती गर्न किसानलाई प्रेरित गर्नेगरी कृषि क्षेत्रमा समेत विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।

गतवर्ष सडक निर्माणलाई प्राथमिकता दिएको छायाँनाथ रारा नगरपालिकाले यस वर्ष समेत सडकमा पर्याप्त रकम विनियोजन गरेको छ । नगरले एक छोरी एक खाता कार्यक्रम सुरु गरेको छ । गत आर्थिक बर्षमा छायाँनाथ बचत तथा ऋण सहकारी संस्थामा प्रतिव्यक्ति ५ हजारका दरले १ सय ९४ जना छोरीको खाता खोलिएको नगरपालिकाले जनाएको छ ।

दुई सन्तान जन्माइसकेपछि बन्ध्याकरण गर्ने महिला तथा पुरुषलाई प्रोत्साहनस्वरूप ५ हजार भत्ता उपलब्ध गराउने नगरले घोषणा गरेको छ । यो कार्यक्रमको निम्ति यस वर्ष दुई लाख र गत वर्ष पाँच लाख ५० हजार बजेट विनियोजन गरिएको थियो । बाल विकास सहयोगी कार्यकर्ताको ९५ प्रतिशत तलब वृद्धि गरेर उनीहरूको उत्साह बढाइएको नगरपालिकाले जनाएको छ ।

समृद्ध नगर बनाउन स्थानीयवासीलाई तत्काल प्रभाव पार्ने कार्यक्रम लागू गरिएको नगरप्रमुख हरिजंग शाहीले बताए । गरिव तथा अशक्त बिरामीलाई बिरामी पुर्जाको आधारमा ५ हजार उपचार खर्च उपलब्ध गराउँदै आएको प्रमुख शाहीले बताए ।

खत्याड गाउँपालिकाले १ देखि ११ वटा वडामा सडक पुर्‍याउने योजना अघि सारेर निर्माण कार्यलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले स्थानीयवासीलाई सञ्चारको सुविधा दिन खेस्मामालिका सामुदायिक रेडियो स्थापना गरेको छ ।

प्रत्येक वडाका वस्तीहरूलाई मदिरामुक्त बनाउन अभियान थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले स्थानीयवासीको आवश्यकतालाई प्राथमिकीकरण गरेर विकास योजना सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष उब्जन शाहीले बताए । मुगम कार्मारोङ गाउँपालिकाले एक गाउँबाट अर्को गाउँ जोड्ने घोडेटो बाटो, पुल निर्माण, धार्मिक पर्यटन प्रवद्र्धनका लागि बौद्धगुम्बा निर्माणलाई महत्त्व दिएको छ । सामाजिक सुरक्षा भत्तालाई पारदर्शी बनाएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी बनाइएको मुगमकार्मारोङले जनाएको छ ।

‘स्थानीय सरकार पारदर्शी भएनन्’
डोल्पा– स्थानीय तहका कामकाज पारदर्शी नभएको सरोकारवालाले आरोप लगाएका छन् ।

प्रकाशित : श्रावण ३१, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?