१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सुर्खेत क्षेत्रीय अस्पतालमा आगलागी

रासस

काठमाडौँ — मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको जेनेरेटरमा सोमबार अपराह्न आगलागी भएको छ ।

सुर्खेत क्षेत्रीय अस्पतालमा आगलागी

अपराह्न साढे ३ बजेतिर अस्पताल परिसरमा रहेको जेनेटरमा आगलागी भएको क्षेत्रीय अस्पतालले जनाएको छ ।


आगलागीबाट शवगृह परिसरमा राखिएको ५० केभिएको जेनेरेटर जलेर ध्वस्त भएको क्षेत्रीय अस्पतालका मेडिकल रेकर्ड अधिकृत विनोद बस्नेतले जानकारी दिए । उनका अनुसार आगलागीबाट १२ लाख रुपैयाँको जेनेरेटरमा क्षति भएको छ ।


आगलागीबाट मानवीय क्षती भएको छैन । वीरेन्द्रनगर नगरपालिकाको दमकलले आधा घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो । विद्युत सर्ट आगलागी भएको आशंका अस्पताल प्रशासनले गरेको छ ।

प्रकाशित : भाद्र ४, २०७५ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?