कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपहिरोले सास्ती वल्लोपल्लो गाउँ सम्पर्कविच्छेद

डोल्पा — अविरल वर्षाका कारण भेरी नदीमा आएको बाढीका कारण खुइतेगौंडा जाने मोटरबाटो बन्द भएको छ । सडकमै बाढी पसेपछि आउजाउ बन्द भएको हो । त्यस्तै पहिरोका कारण दुनै–जुफाल र जुफाल–सुंपानी सडक अवरुद्ध भएको छ ।

बाढीपहिरोले सास्ती वल्लोपल्लो गाउँ सम्पर्कविच्छेद

वर्षाका कारण भेरीमा पानीको बहाव बढेपछि सडक बुधबार बिहानबाट अवरुद्ध भएको व्यवसायी भरत खड्काले बताए । उनका अनुसार पानीको बहाव धेरै भएकाले दुनै–जुफाल, सुंपानी–जुफाल र सुंपानीदेखि दुनैसम्म सञ्चालन हुने जिप सेवा बन्द भयो ।

स्थानीयका अनुसार बाढी र पहिरोका कारण डाँगीबाडा, भित्ती, लामालोटेलगायत ठाउँमा गाडी जान सक्ने अवस्था छैन । लामालोटेको पहिरोमा ट्याक्टर फसेर आवतजावत बन्द भएकाले स्थानीयले जनाएका छन् । धुपीचौरबाट मोतीपुरसम्म मात्र जिप सेवा सञ्चालन भएको प्रहरीले जनाएको छ ।

त्यस्तै अविरल वर्षाका कारण पहिरोले त्रिपुरासुन्दरी नगरपालिका ३, जिउँमा हरिचन्द्र बोहराको घर भत्केको छ । स्थानीय कालीबहादुर केसी र बहादुर रोकायाको घर जोखिममा छन् ।

प्रकाशित : भाद्र ७, २०७५ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?