हाइकेयर युनिट सञ्चालन

कान्तिपुर संवाददाता

दैलेख — बिरामीको उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयले ‘हाइकेयर युनिट’ सञ्चालनमा ल्याएको छ । युनिटमा उपचाररत बिरामीको २४ सैं घण्टा स्टाफ नर्सले रेखदेख गर्ने व्यवस्था मिलाइएको छ ।

एक घण्टाको फरकमा चिकित्सकले समेत बिरामीको अवस्थाबारे निरीक्षण गर्नेछन् । बिहीबार युनिटको औपचारिक उद्घाटन भए पनि यसअघि नै गम्भीर समस्या भएका एक दर्जन बढी बिरामीले उपचार लिइसकेका छन् ।

डा. नीरञ्जन पन्तले बिरामीको उपचारलाई प्रभावकारी बनाउन हाइकेयर युनिट सञ्चालनमा ल्याएको बताए । ‘अन्य बिरामीको तुलनामा हाइकेयर युनिटमा राखिएका बिरामीको बढी चेकजाँच र रेखदेख गरिन्छ,’ उनले भने, ‘युनिट स्थापनापछि बिरामीलाई जिल्लाबाहिर रेफर गर्नुपर्ने अवस्था टरेको छ ।’ उनका अनुसार गुणस्तरीय उपचारका लागि जिल्ला अस्पतालमा उपकरण थप गर्दै लगिएको छ ।

Yamaha

जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाले बिरामीको रेफर दर घट्दै जाने बताए । उनले बिरामीलाई गाडी रिजर्भ गरेर रातारात सुर्खेत, नेपालगन्जलगायतका ठाउँमा लिनुपर्ने बाध्यता टरेको जनाए ।

नारायण नगरपालिकाकी कार्यवाहक प्रमुख सावित्री मल्लले स्थानीयवासीलाई स्वास्थ्य सेवाको प्रत्याभूति दिन सक्रिय भएको बताइन् । उनले जिल्ला अस्पतालमा उपकरण थप गर्दै जाने जनाइन् ।

प्रकाशित : भाद्र ८, २०७५ ०९:१३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

छायानाथमा घुइँचो

कान्तिपुर संवाददाता

मुगु — मुगमकार्मारोङ गाउँपालिकाको डोल्फुस्थित छायानाथ मन्दिरमा पूजा गर्ने भक्तजनको घुइँचो लागेको छ । मन्दिरमा जनैपूर्णिमाको दिनसम्म पूजाआजा हुने गरेको छ ।

मुगुको छायानाथ तीर्थस्थलको दर्शन गरेर फर्किएका खत्याड गाउँपालिकाका झाँक्री । तस्बिर : राजबहादुर शाही

छायानाथ रारा नगरपालिकाको छायानाथ मन्दिरबाट ठाकुरज्यूको मूर्ति मुगमकार्मारोङ गाउँपालिकाको छायानाथ मन्दिरमा लगिएपछि पूजा सुरु हुन्छ । छायानाथ मन्दिरमा पूजा गरे मनोकांक्षा पूरा हुने स्थानीयको विश्वास छ । पूजापाठपछि फेरि मूर्ति चैन गाउँको मन्दिरमा फिर्ता ल्याइनेछ । मूर्ति लिँदा तीन दिनसम्मको पैदल यात्रा गरिन्छ ।

जिल्लाका विभिन्न ठाउँ र छिमेकी जिल्लाबाट पूजाआजा गर्न जानेको घुइँचो लाग्ने गरेको छ । मन्दिरमा एक सातासम्म धामीझाँक्रीसहित तीर्थालुको मेला लाग्ने गरेको छ । छायानाथ तीर्थस्थल समुद्र सतहदेखि करिब पाँच हजार मिटरको उचाइमा अवस्थित छ । मन्दिरमा सतीदेवीको आङ खसेको मानिन्छ ।

जनैपूर्णिमामा तीर्थालुको बढी घुइँचो हुने र त्यस दिनबाट मेला सकिने पुजारी लक्ष्मीप्रसाद चौलागार्इंले बताए । मन्दिरमा जुम्ला, कालिकोट, हुम्ला, बाजुरा, दैलेखलगायत जिल्लाबाट भक्तजन आउने गरेको उनले जनाए ।

प्रकाशित : भाद्र ८, २०७५ ०९:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT