३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

छायानाथमा घुइँचो

मुगु — मुगमकार्मारोङ गाउँपालिकाको डोल्फुस्थित छायानाथ मन्दिरमा पूजा गर्ने भक्तजनको घुइँचो लागेको छ । मन्दिरमा जनैपूर्णिमाको दिनसम्म पूजाआजा हुने गरेको छ ।

छायानाथमा घुइँचो

छायानाथ रारा नगरपालिकाको छायानाथ मन्दिरबाट ठाकुरज्यूको मूर्ति मुगमकार्मारोङ गाउँपालिकाको छायानाथ मन्दिरमा लगिएपछि पूजा सुरु हुन्छ । छायानाथ मन्दिरमा पूजा गरे मनोकांक्षा पूरा हुने स्थानीयको विश्वास छ । पूजापाठपछि फेरि मूर्ति चैन गाउँको मन्दिरमा फिर्ता ल्याइनेछ । मूर्ति लिँदा तीन दिनसम्मको पैदल यात्रा गरिन्छ ।

जिल्लाका विभिन्न ठाउँ र छिमेकी जिल्लाबाट पूजाआजा गर्न जानेको घुइँचो लाग्ने गरेको छ । मन्दिरमा एक सातासम्म धामीझाँक्रीसहित तीर्थालुको मेला लाग्ने गरेको छ । छायानाथ तीर्थस्थल समुद्र सतहदेखि करिब पाँच हजार मिटरको उचाइमा अवस्थित छ । मन्दिरमा सतीदेवीको आङ खसेको मानिन्छ ।

जनैपूर्णिमामा तीर्थालुको बढी घुइँचो हुने र त्यस दिनबाट मेला सकिने पुजारी लक्ष्मीप्रसाद चौलागार्इंले बताए । मन्दिरमा जुम्ला, कालिकोट, हुम्ला, बाजुरा, दैलेखलगायत जिल्लाबाट भक्तजन आउने गरेको उनले जनाए ।

प्रकाशित : भाद्र ८, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?