बाढीले २ को मृत्यु

कान्तिपुर संवाददाता

डोल्पा(दुनै) — अविरल वर्षाले खोलामा आएको बाढीले साल्दाङ र छार्काका एकएक जनालाई बगाएको छ । तिब्बत र नेपालबीचको परापूर्व कालदेखि डोल्पाको नाका क्याटो र मरिम्ला नाका नजिक तिब्बतको क्याटो र मरिम्लामा वर्षमा १ पटक लाग्ने हाट बजार यो वर्ष गत साउन २५ गतेदेखि १५ दिनसम्म लागेको थियो । 

त्यही हाटबजारमा गएर फर्केका शे–फोक्सुण्डो गाउँपालिका ४ नाम्दोका ६३ वर्षीय नाम्ग्याल लामाको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । त्यसैगरी छार्का ताङसोङ गाउँँपालिकाको कोसाङ न्याक्पो नदीले बगाएर नाम थाहा हुन नसकेको एक युवाको मृत्यु भएको छ ।

Yamaha


अविरल वर्षाका कारण नदीमा आएको बाढीले क्याटोबाट फर्कदै गरेका बेला बगाएर मृत्यु भएको र छार्का ताङसोङका नाम थाहा नभएका १ युवाको मृत्यु भएको शे–फोक्सुण्डो गाउँंपालिका पुग्मका आङबहादुर लामाले जानकारी दिए । उनले भने छार्काको नदिमा बग्ने युवाको नाम पत्ता लाग्न सकेको छैन ।

त्यसै गरी अविरल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँगाउँमा पहिरो खस्ने, खोलामा आएको बाढीले बाटो बिगारेर समस्या पारेको छ । वर्षाका कारण मुड्केचुला गाउँपालिका- ६ सिल्पाटा भन्ने ठाउँनजिकैको बाटोमा पहिरो जाँदा १५ मिटर बराबरको बाटो भत्कीएको छ ।

बाटो भत्केपछि त्यही बाटो भएर आवत जावत गर्ने बटुवाहरुलाई निकै समस्या परेको छ । अविरल वर्षाका कारण त्यस्तै प्रकारले डोल्पाका धेरै ठाउँमा पहिरो र बाढीले समस्या पारेको छ ।

प्रकाशित : भाद्र ११, २०७५ १९:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

यो वर्षको मदन पुरस्कार योगमाया उपन्यासलाई

जगदम्बा श्री पुरस्कार शान्तदास मानन्धर
कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको मदन पुरस्कार योगमाया उपन्यासले पाएको छ । उपन्यास नीलम कार्की निहारिकाले लेखेकी हुन् । सोमबार बसेको मदन पुरस्कार गुठीको साधारण सभा बैठकले योगमाया उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

गुठीले २०७४ सालमा प्रकाशित पुस्तकहरुमध्येबाट मदन पुरस्कारका लागि योगमाया छनोट भएको गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।

यसैगरी २०७४ को जगदम्बा श्री पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ। मानन्धर बाल साहित्यको विकास, विस्तार तथा प्रवर्द्धनमा ५ दशकदेखि समर्पित व्यक्ति हुन्। गुठीद्वारा सार्वजनिक गरिएको विज्ञप्ति अनुसार २०७४ सालमा नेपालमा प्रकाशित भएका २ सय ५३ पुस्तकमध्येबाट गुठीले मदन पुरस्कारका लागि ८ पुस्तकको नाम सार्वजनिक गरेको थियो।

एक महिनाअघि सार्वजनिक गरिएको उत्कृष्ट ८ पुस्तकहरुमा ध्रुवसत्य परियारको कैरन, सरस्वती प्रतीक्षाको नथिया, तीर्थ गुरुङको पाठशाला, यज्ञशको भुइँया, नयनराज पाण्डेको यार, नीलम कार्की निहारिकाको योगमाया, राज माङलाकको लुम्बिनी गाउँ र मोहन वैद्यको हिमाली दर्शन थिए।

त्यसमध्येबाट मदन पुरस्कारका लागि योगमाया छनोट भएको गुठीद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।

मदन पुरस्कार र जगदम्बा श्री दुबै पुरस्कारको राशी जनही २ लाख रुपैयाँ रहेको छ।

तस्बिरहरुः कुन्द दीक्षितको ट्विटबाट

प्रकाशित : भाद्र ११, २०७५ १८:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT