कर्णाली
भाद्र १२, २०७५

घरमाथि पहिरो

आइतबार रातिदेखिको अविरल वर्षाले खाँडाचक्र नगरपालिका ५, मोल्फामा पहिरो गएको छ । पहिरो मोल्फा बजारको माथि घोडेना गाउँबाट खसेको हो । पहिरोले स्थानीयका दुई घर पुरेको छ भने एक सय आठ घर जोखिममा परेका छन् ।

सुर्खेतमा प्रहरीका ७ प्रादेशिक कार्यालय

नेपाल प्रहरीले आफ्ना युनिटहरूलाई प्रादेशिक संरचनामा रूपान्तरण गर्न प्रक्रिया थालेको छ । प्रदेश राजधानी सुर्खेत कायम भएसँगै प्रहरीले यहाँ आफ्ना आधा दर्जन संरचना निर्माण गर्न लागेको हो ।

तीन गाउँपालिका विद्युतविहिन

जिल्लाका करिब ३४ हजार घरधुरीमा अझै विद्युत् सेवा पुग्न सकेको छैन । कालीमाटी, कुमाखमालिका र दार्मा गाउँपालिकामा विद्युतीकरण नहुँदा स्थानीयवासी अँध्यारोमा बस्न बाध्य छन् ।

संसद् बैठक अनिश्चित

साउन २५ गतेदेखि स्थगित भएको कर्णाली प्रदेशसभा बैठक अनिश्चित बनेको छ । पर्याप्त ‘बिजनेस’ नपाएर स्थगित भएको बैठक अझै सुचारु हुन सकेको छैन । पछिल्लो अवधिमा सरकारले दुई विधेयक संसद् सचिवालयमा दर्ता गरेको छ ।

भाद्र ११, २०७५

बाढीले २ को मृत्यु

अविरल वर्षाले खोलामा आएको बाढीले साल्दाङ र छार्काका एकएक जनालाई बगाएको छ । तिब्बत र नेपालबीचको परापूर्व कालदेखि डोल्पाको नाका क्याटो र मरिम्ला नाका नजिक तिब्बतको क्याटो र मरिम्लामा वर्षमा १ पटक लाग्ने हाट बजार यो वर्ष गत साउन २५ गतेदेखि १५ दिनसम्म लागेको थियो । 

ठूला योजना वर्षौंदेखि अलपत्र

जिल्लामा सञ्चालित ठूलो लगानीका दुई योजना अलपत्र परेका छन् । सरकारले पर्याप्त रकम नछुटयाउँदा रारा विमानस्थल र गमगढी–नाक्चेनाग्ला–तिब्बत जोड्ने सडकमा काम हुन नसकेको हो ।

नहर बगाएपछि विद्युत् अवरुद्ध

गत साउन २९ गते झुमरा खोलामा आएको बाढीले नहर बगाएपछि नलगाड नगरपालिकाका ६ वटा लघुजलविद्युत् आयोजना बन्द भएका छन् । आयोजना बन्द भएपछि नलगाडका करिब चार हजार घरधुरी अँध्यारोमा बस्न बाध्य छन् ।

ब्राह्मणद्वारा रक्षाबन्धन बहिष्कार

यहाँका ब्राह्मणले रक्षाबन्धन बहिस्ष्कार गरेका छन् । भर्खरै लागू भएको मुलुकी संहितामा ब्राह्मणको स्वतन्त्रता कुण्ठित गरिएको भन्दै बहिस्ष्कार गरेका हुन् । उनीहरूले स्थानीय एफएम रेडियोमा सूचना प्रसारण गरेर रक्षाबन्धनमा भाग लिएनन् ।

भाद्र १०, २०७५

मन्त्रिपरिषद् बैठक कागजविहीन

कर्णाली प्रदेश सरकारले पनि मन्त्रिपरिषद् बैठक ‘पेपरलेस’ (कागजविहीन) गर्न सुरुवात गरेको छ । कर्णालीलाई डिजिटल प्रदेश निर्माण गर्ने उद्देश्यले शनिबारको मन्त्रिपरिषद् बैठकलाई ‘पेपरलेस’ गरिएको हो ।

प्रत्येक स्थानीय तहमा अस्पताल र आँखा उपचार

सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउन भौतिक पूर्वाधार विकास र दक्ष जनशक्ति उत्पादनलाई जोड दिने भएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

तटबन्ध बगाएपछि बाढी सडकमै

अविरल वर्षाका कारण शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकाको सिमानामा पर्ने साँघार खोलाले तटबन्ध बगाएको छ । तटबन्ध बगाएर खोला नै सडकबाट बग्न थालेपछि लान्ती–स्यानीखाल–लेखपोखरा सडक अवरुद्ध भएको हो । 

बेमौसमी तरकारीबाट ५ लाख

भेरी नगरपालिका–५, इभरका मनवीर रोकाय १५ वर्षअघि भारतीय बजारमा काम खोज्दै हिंड्न बाध्य थिए । विगतमा काम खोज्न कालापहाड धाउने उनी हिजोआज आफ्नै खेतबारीमा रमाएका छन् ।