१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२
कर्णाली

Pradesh-6

पुल बगाएपछि सास्ती

नलगाड नगरपालिका–३, कटेका गोवर्धन वलीलाई सोही वडाको कैनाबजारस्थित स्वास्थ्य चौकीमा उपचारका लागि पुग्न ५ घण्टा पैदल हिंड्नुपर्ने बाध्यता छ । त्यस्तै विद्यार्थी राजेन्द्र वली पनि सुर्योदय माध्यमिक विद्यालय कैना पुग्न उति नै समय हिंड्छन् ।

पुल बगाएपछि सास्ती

दुल्लुलाई स्मार्ट सिटी बनाइँदै

दुल्लु नगरपालिकालाई स्मार्ट सिटी बनाउन आवश्यक रणनीतिबारे आवश्यक छलफल सुरु गरिएको छ । नयाँ सहर आयोजना समन्वय कार्यालयको आर्थिक वर्ष ०७४/७५ को कार्यक्रमअनुसार दुल्लुलाई स्मार्ट सिटी बनाइन लागिएको हो ।

दुल्लुलाई स्मार्ट सिटी बनाइँदै

तालाबन्दीले पठनपाठन अवरुद्ध

रारा बहुमुखी क्याम्पसमा एक सातादेखि गरिएको तालाबन्दीका कारण पठनपाठन अवरुद्ध भएको छ । तालाबन्दीका कारण क्याम्पसको प्रशासनिक कामकाजसमेत पूर्णरूपले ठप्प छ । क्याम्पसका चन्दादाताले गत भदौ ६ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।

तालाबन्दीले पठनपाठन अवरुद्ध

बाढीपहिरोले चार करोडको क्षति

निरन्तर वर्षाका कारण आठबीसकोट नगरपालिकामा चार करोड बढीको क्षति भएको छ । साउन अन्तिम सातादेखि भदौ पहिलो सातासम्म नगरपालिकाका विभिन्न ठाउँमा गएको बाढीपहिरो र भूक्षयका कारण करिब चार करोडको भौतिक सम्पत्ति, बाली र जग्गामा क्षति पुगेको हो ।

बाढीपहिरोले चार करोडको क्षति
भाद्र १२, २०७५

घरमाथि पहिरो

आइतबार रातिदेखिको अविरल वर्षाले खाँडाचक्र नगरपालिका ५, मोल्फामा पहिरो गएको छ । पहिरो मोल्फा बजारको माथि घोडेना गाउँबाट खसेको हो । पहिरोले स्थानीयका दुई घर पुरेको छ भने एक सय आठ घर जोखिममा परेका छन् ।

घरमाथि पहिरो

सुर्खेतमा प्रहरीका ७ प्रादेशिक कार्यालय

नेपाल प्रहरीले आफ्ना युनिटहरूलाई प्रादेशिक संरचनामा रूपान्तरण गर्न प्रक्रिया थालेको छ । प्रदेश राजधानी सुर्खेत कायम भएसँगै प्रहरीले यहाँ आफ्ना आधा दर्जन संरचना निर्माण गर्न लागेको हो ।

सुर्खेतमा प्रहरीका ७ प्रादेशिक कार्यालय

तीन गाउँपालिका विद्युतविहिन

जिल्लाका करिब ३४ हजार घरधुरीमा अझै विद्युत् सेवा पुग्न सकेको छैन । कालीमाटी, कुमाखमालिका र दार्मा गाउँपालिकामा विद्युतीकरण नहुँदा स्थानीयवासी अँध्यारोमा बस्न बाध्य छन् ।

तीन गाउँपालिका विद्युतविहिन

संसद् बैठक अनिश्चित

साउन २५ गतेदेखि स्थगित भएको कर्णाली प्रदेशसभा बैठक अनिश्चित बनेको छ । पर्याप्त ‘बिजनेस’ नपाएर स्थगित भएको बैठक अझै सुचारु हुन सकेको छैन । पछिल्लो अवधिमा सरकारले दुई विधेयक संसद् सचिवालयमा दर्ता गरेको छ ।

संसद् बैठक अनिश्चित
भाद्र ११, २०७५

बाढीले २ को मृत्यु

अविरल वर्षाले खोलामा आएको बाढीले साल्दाङ र छार्काका एकएक जनालाई बगाएको छ । तिब्बत र नेपालबीचको परापूर्व कालदेखि डोल्पाको नाका क्याटो र मरिम्ला नाका नजिक तिब्बतको क्याटो र मरिम्लामा वर्षमा १ पटक लाग्ने हाट बजार यो वर्ष गत साउन २५ गतेदेखि १५ दिनसम्म लागेको थियो । 

बाढीले २ को मृत्यु

ठूला योजना वर्षौंदेखि अलपत्र

जिल्लामा सञ्चालित ठूलो लगानीका दुई योजना अलपत्र परेका छन् । सरकारले पर्याप्त रकम नछुटयाउँदा रारा विमानस्थल र गमगढी–नाक्चेनाग्ला–तिब्बत जोड्ने सडकमा काम हुन नसकेको हो ।

ठूला योजना वर्षौंदेखि अलपत्र

नहर बगाएपछि विद्युत् अवरुद्ध

गत साउन २९ गते झुमरा खोलामा आएको बाढीले नहर बगाएपछि नलगाड नगरपालिकाका ६ वटा लघुजलविद्युत् आयोजना बन्द भएका छन् । आयोजना बन्द भएपछि नलगाडका करिब चार हजार घरधुरी अँध्यारोमा बस्न बाध्य छन् ।

नहर बगाएपछि विद्युत् अवरुद्ध

ब्राह्मणद्वारा रक्षाबन्धन बहिष्कार

यहाँका ब्राह्मणले रक्षाबन्धन बहिस्ष्कार गरेका छन् । भर्खरै लागू भएको मुलुकी संहितामा ब्राह्मणको स्वतन्त्रता कुण्ठित गरिएको भन्दै बहिस्ष्कार गरेका हुन् । उनीहरूले स्थानीय एफएम रेडियोमा सूचना प्रसारण गरेर रक्षाबन्धनमा भाग लिएनन् ।

ब्राह्मणद्वारा रक्षाबन्धन बहिष्कार