कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

प्रमाणपत्र धितो राखेर ऋण

मुगु — खत्याड गाउँपालिका–८, सुकाढिकका वसन्त विकले शैक्षिक प्रमाणपत्र धितो राखेर निब्र्याजी दुई लाख रुपैयाँ ऋण पाएका छन् ।

प्रमाणपत्र धितो राखेर ऋण

जनरल हेल्थ अध्ययन गरेर पनि बेरोजगार भएपछि उनले व्यवसाय सञ्चालन गर्न ऋण लिएका हुन् ।

उनलाई छायानाथ वचत तथा ऋण सहकारी संस्थाले कर्जा दिएको हो । स्थानीय दीपक कार्की र जीवन कार्कीले पनि संस्थाबाट आयआर्जनका लागि प्रतिव्यक्ति दुई लाख शैक्षिक कर्जा प्राप्त गरेका छन् ।

सक्कल शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर दुई लाख ऋण लिएर किराना पसल सञ्चालन गरेको उनले बताए । ‘दु:ख गरी पढेर पनि रोजगारी नपाएपछि शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिएँ,’ उनले भने,‘प्रमाणपत्र बाकसमा राखेर के गर्नु ?’

सरकारको नीतिअनुसार व्यवसाय सञ्चालनका लागि चार युवालाई छनोट गरी कर्जा दिइएको संस्थाका कोषाध्यक्ष हरिबहादुर शाहीले जनाए । पढेलेखेका बेरोजगार युवालाई कार्यक्रमले उत्साह प्रदान गर्ने उनको भनाइ छ । ऋण लिएका व्यक्तिको अनुगमन गरी क्रमश: असुल गर्दै जाने संस्थाले जनाएको छ । थप युवाले कर्जा लिन चाहे आफूहरू तयार रहेको उनको भनाइ छ ।

प्रकाशित : भाद्र १४, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?