कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्थानीय सरकारविरुद्ध खबरदारी

जुम्ला — स्थानीय सरकार जनचाहनाविपरीत चलेको भन्दै नेपाली कांग्रेसले गुठिचौर गाउँपालिकालाई खबरदारी गरेको छ ।

स्थानीय सरकारविरुद्ध खबरदारी

स्थानीय सरकार जनताप्रति उत्तरदायी, जवाफदेही र पारदर्शी हुन नसकेको भन्दै खबरदारी गरेको कांग्रेसले जनाएको छ ।

स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष पुग्दासमेत जनताले विकासको अनुभूति गर्न नसकेको भन्दै गाउँपालिकाको खबरदारी गरिएको स्थानीय युवा नेता दानबहादुर बुढाले बताए । उनले सर्वपक्षीय र सर्वदलीय छलफल गरी योजना तर्जुमा गर्नुपर्ने माग गरे । ‘जनप्रतिनिधि हरेक विकासका क्रियाकलापमा कमिसन खान खोज्छन्, विकासमा गुणस्तरीयता र पारदर्शिता हेर्दैनन्,’ उनले भने, ‘त्यो भन्दा विडम्बना केही हुन सक्दैन ।’

कांग्रेसले कोणसभामार्फत विकासमा पारदर्शिता र सुशासन कायम गर्न माग गरेको छ । जिल्ला नेता देवेन्द्रबहादुर शाहीले स्थानीय तहमा सिंहदरबारको अधिकार प्रत्यायोजन भइसक्दा पनि विकास निर्माणमा जनताको अपनत्व हुन नसकेको बताए ।

उनले जनताको भावना र चाहनाबमोजिमका काम अघि बढाउन जनप्रतिनिधिलाई आग्रह गरेका छन् । कांग्रेसले गाउँपालिकाको कार्यालय परिसरमा खबरदारी कार्यक्रम आयोजना गरेको हो ।

प्रकाशित : भाद्र १४, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?