कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

एकैदिन चार सम्बन्धविच्छेद मुद्दा

विप्लव महर्जन

सल्यान — सरकारले भदौ १ गतेदेखि लागू गरेको देवानी संहिताका आधारमा यहाँका चार पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । एकैदिन चारजनाले मुद्दा दर्ता गरेको जिल्ला अदालतले जनाएको छ ।

एकैदिन चार सम्बन्धविच्छेद मुद्दा

बन्गाड कुपिण्डे नगरपालिकाको घाँजरीपिलका २५ वर्षीय तिलक ओली, शारदा नगरपालिका–६, बरलाका २८ वर्षीय इन्द्रबहादुर कामी, शारदा–१४ माल्नेटाका २६ वर्षीय सन्तोष घर्तीमगर र सिद्धकुमाख गाउँपालिका–३ का ३० वर्षीय मीनबहादुर रेउलेले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका हुन् ।

पत्नीबाट पीडित भएको र विभिन्न धम्की आउन थालेपछि मुद्दा दर्ता गराएको उनीहरूले बताएका छन् । ओलीले पत्नीले घरमा बस्न नमानेको, विभिन्न बहाना बनाउँदै सताउँदै आएको भन्दै मुद्दा दर्ता गराएको बताए । उनकी तीन वर्षकी छोरी छिन् । ओलीले २०६७ असार १७ गते विवाह गरेका थिए ।

कामीले घरबाट पत्नी भागेर गएकाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएको जनाएका छन् । २०६४ सालमा विवाह गरेका उनका दुई छोरा छन् । जेठो बाबुसँगै बस्दै आएका छन भने कान्छो आमासँग । विवाह गरेको दुई वर्ष नबित्दै माइतीमा बस्दै आएकी पत्नीविरुद्ध मुद्दा दर्ता गराएको घर्तीले जनाएका छन् ।

बस्नेतले पत्नी माइतीमा बस्दै आएकाले मुद्दा दर्ता गरिएको जनाए । जिल्ला अदालतका निमित्त स्रेस्तेदार हरिबहादुर रामजाका अनुसार पुरुषले सम्बन्धविच्छेदको मुद्दा दिएपछि नयाँ कानुनमा उल्लेख भएअनुसार विपक्षीलाई प्रतिउत्तरमा ल्याउन २१ दिनको म्याद जारी गर्ने बताए ।

उनका अनुसार बयान लिने र एक वर्षसम्म मिलापत्र गराउने पहल गरिनेछ । ‘मिलापत्र हुन नसके अदालतले फैसला गर्नेछ,’ उनले भने, ‘पहिले गाउँपालिकामा मुद्दा दर्ता गर्ने र त्यहाँ मेलमिलाप हुन नसकेपछि मात्र अदालतमा आउने व्यवस्था थियो ।’

नयाँ कानुन लागू भएयता कालिमाटी गाउँपालिका–१ की बालिका खड्का, छत्रेश्वरी–६ की मनीषा रेउले र कुमाख गाउँपालिकास्थित भल्चौरकी जमुना बस्नेतले पनि सम्बन्धविच्छेदका लागि मुद्दा दिएको निमित्त प्रमुख रामजाले बताए । उनले एक सातायता सम्बन्धविच्छेदका सात र मानो भराई पाउँm भन्दै एकजनाले मुद्दा दर्ता गराएको जनाए । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख वासुदेव शर्माले नयाँ कानुनले पुरुषलाई सम्बन्धविच्छेद गर्न सहज भएको बताए ।

प्रकाशित : भाद्र १४, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?