२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
कर्णाली

Pradesh-6

साँघुबाट चिप्लिँदा श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता

बडगाई खोलाको साँघु तर्ने क्रममा चिप्लिँदा श्रीमान्‌को मृत्यु भएको छ भने श्रीमती बेपत्ता छिन् । बाँफिकोट गाउँपालिका ५ बाट ६ नम्बर हुँदै घर जाने क्रममा बाँफिकोट गाउँपालिका ८ दुलीखाका ५० वर्षीय अमृत घर्तीको मृत्यु भएको हो भने उनकी श्रीमती ४८ वर्षीया तुलषा बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

साँघुबाट चिप्लिँदा श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता

ढुंगामाटो बोक्दै कर्णालीका मन्त्री

शुक्रबार बिहानै मुख्यमन्त्री महेन्द्रबहादुर शाही वीरेन्द्रनगर नगरपालिका–६ स्थित सरस्वती बाल विकास केन्द्र विद्यालयको भवन निर्माणमा खटिए।

ढुंगामाटो बोक्दै कर्णालीका मन्त्री

मदिरा बिक्रीमा कडाइ: किन्दा बुवाको नाम अनिवार्य

कर्णाली प्रदेश सरकारले मदिरा कारोबारमा कडाइ गर्ने भएको छ । मदिराको सहज कारोबारले विकृति/विसंगति बढेको दाबी गर्दै प्रदेशको गृह अर्थात् आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मदिरा सेवन गर्नेको विस्तृत विवरण उल्लेख गरेपछि मात्र व्यवसायीले बिक्री गर्न दिने व्यवस्था गर्न लागेको छ ।

मदिरा बिक्रीमा कडाइ: किन्दा बुवाको नाम अनिवार्य

सुविधाभन्दा सास्ती धेरै

डोजरमार्फत जथाभावी सडक निर्माण गरिँदा यहाँका अधिकांश गाउँ पहिरोको जोखिममा परेका छन् । जमिन कमजोर भएपछि दैनिकजसो पहिरो खस्न थालेको छ । जथाभावी सडक खनेकै कारण बन्गाड कुपिण्डे नगरपालिकाका खहरेखोला, ब्युरेनी, गर्चे, बरेली, खैरागाड, स्याला र शंखपीपल गाउँ जोखिममा छन् ।

सुविधाभन्दा सास्ती धेरै
भाद्र १४, २०७५

एकैदिन चार सम्बन्धविच्छेद मुद्दा

सरकारले भदौ १ गतेदेखि लागू गरेको देवानी संहिताका आधारमा यहाँका चार पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । एकैदिन चारजनाले मुद्दा दर्ता गरेको जिल्ला अदालतले जनाएको छ ।

एकैदिन चार सम्बन्धविच्छेद मुद्दा

दुग्ध चिस्यान केन्द्र स्थापना

मुसिकोट नगरपालिका–४, सोलावाङमा दूध चिस्यान केन्द्र (चिलिङ भ्याट) स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकारको अनुदान सहयोग र सहकारीको ९६ लाख २४ हजार रुपैयाँको लगानीमा चिस्यान केन्द्र स्थापना गरिएको हो ।

दुग्ध चिस्यान केन्द्र स्थापना
भाद्र १३, २०७५

पुल बगाएपछि सास्ती

नलगाड नगरपालिका–३, कटेका गोवर्धन वलीलाई सोही वडाको कैनाबजारस्थित स्वास्थ्य चौकीमा उपचारका लागि पुग्न ५ घण्टा पैदल हिंड्नुपर्ने बाध्यता छ । त्यस्तै विद्यार्थी राजेन्द्र वली पनि सुर्योदय माध्यमिक विद्यालय कैना पुग्न उति नै समय हिंड्छन् ।

पुल बगाएपछि सास्ती

दुल्लुलाई स्मार्ट सिटी बनाइँदै

दुल्लु नगरपालिकालाई स्मार्ट सिटी बनाउन आवश्यक रणनीतिबारे आवश्यक छलफल सुरु गरिएको छ । नयाँ सहर आयोजना समन्वय कार्यालयको आर्थिक वर्ष ०७४/७५ को कार्यक्रमअनुसार दुल्लुलाई स्मार्ट सिटी बनाइन लागिएको हो ।

दुल्लुलाई स्मार्ट सिटी बनाइँदै

तालाबन्दीले पठनपाठन अवरुद्ध

रारा बहुमुखी क्याम्पसमा एक सातादेखि गरिएको तालाबन्दीका कारण पठनपाठन अवरुद्ध भएको छ । तालाबन्दीका कारण क्याम्पसको प्रशासनिक कामकाजसमेत पूर्णरूपले ठप्प छ । क्याम्पसका चन्दादाताले गत भदौ ६ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।

तालाबन्दीले पठनपाठन अवरुद्ध

बाढीपहिरोले चार करोडको क्षति

निरन्तर वर्षाका कारण आठबीसकोट नगरपालिकामा चार करोड बढीको क्षति भएको छ । साउन अन्तिम सातादेखि भदौ पहिलो सातासम्म नगरपालिकाका विभिन्न ठाउँमा गएको बाढीपहिरो र भूक्षयका कारण करिब चार करोडको भौतिक सम्पत्ति, बाली र जग्गामा क्षति पुगेको हो ।

बाढीपहिरोले चार करोडको क्षति