३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ढुंगामाटो बोक्दै कर्णालीका मन्त्री

प्रकाश अधिकारी

सुर्खेत — शुक्रबार बिहानै मुख्यमन्त्री महेन्द्रबहादुर शाही वीरेन्द्रनगर नगरपालिका–६ स्थित सरस्वती बाल विकास केन्द्र विद्यालयको भवन निर्माणमा खटिए।

ढुंगामाटो बोक्दै कर्णालीका मन्त्री

टिसर्ट–ट्रयाकमा सजिएका मुख्यमन्त्री शाही दलबल लिएर ढुंगामाटो बोक्न थाले । उनीसंगै कर्णाली सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल, कृषिमन्त्री विमला केसी पनि काममा खटिए ।

प्रदेश सरकारको पहिलो बैठकले श्रमप्रति सम्मान बढाउन हरेक महिनाको १ र १५ गते श्रम दिवस मनाउने निर्णय गरेसँगै शुक्रबार मुख्यमन्त्री नेतृत्वको सरकारी टोली बाल विकास केन्द्रको भवन निर्माणमा खटिएको हो । उनले एक कोठे भवनको शिलान्यास पनि गरे । ०७१ सालको बाढीले बगाएको उक्त बाल विकास केन्द्र बजेट अभावले पुनर्निमार्ण हुन सकेको थिएन । प्रदेश श्रम दिवसका अवसरमा भवन शिलान्याससँगै तटबन्ध पनि निर्माण सुरु गरिएको छ ।

जोखिमयुक्त बस्तीमा धनजनको क्षति नहोस् भनेर सरकारले बाढीपीडित बस्ती छेउको खोर्के खोलामा तटबन्ध निर्माण गरेको हो । मुख्यमन्त्री शाहीले जनतालाई सरकार नजिक छ भन्ने अनुभूति गराउन र उनीहरु स्वयंलाई यो कामप्रति हाम्रो पनि दायित्व छ भन्ने बोध गराउन आफै फिल्डमा खटिएको बताए ।

त्यस्तै, मुख्यमन्त्रीले एक महिनाको आफ्नो पारिश्रमिक रकम उक्त बाल विकास केन्द्रलाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् । आन्तरिक तथा कानुनमन्त्री भण्डारीले प्राकृतिक विपत्बाट हुने जोखिमलाई कम गर्न प्रदेश सरकारले पूर्वसावधानीका साथ काम गरेको बताए । ‘समाजमा आइपर्ने प्राकृतिक तथा मानवीय विपतप्रति सरकार संवेदनशील छ,’ उनले भने । सामाजिक विकासमन्त्री दल रावलले सरस्वती टोल बालविकास केन्द्र स्थापनाका लागि मन्त्रालयले पाँच लाख बजेट विनियोजन गरेको जानकारी दिए ।

प्रकाशित : भाद्र १५, २०७५ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?