कर्णाली
भाद्र १७, २०७५

कर्णाली सरकारले बनायो विज्ञ समूह

प्रदेश सरकारले एकीकृत कर्णालीको विकासका लागि विज्ञ समूह गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले सबै क्षेत्र सम्मिलित विज्ञ समूह गठन गरेको हो । 

सक्रिय बन्दै न्यायिक समिति

बाँफिकोट गाउँपालिका न्यायिक समितिमा छलफल गर्न, मुद्दा सुनुवाइ र फैसलाका लागि छुट्टै व्यवस्था छैन । समितिको संयोजककै कार्यकक्षमा सबै काम गरिन्छ ।

भाद्र १६, २०७५

खोलामा बगेर दम्पतीको मृत्यु

बाँफिकोट गाउँपालिका–८, दुली दुलीखाका एक दम्पतीको खोलामा बगेर मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–५ र ६ सिमानामा रहेको बडगाईखोलामा बगेपछि ५० वर्षीय अमृत घर्ती र उनकी श्रीमती ४८ वर्षीया तुलसाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ADVERTISEMENT
ADVERTISEMENT
भाद्र १५, २०७५

साँघुबाट चिप्लिँदा श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता

बडगाई खोलाको साँघु तर्ने क्रममा चिप्लिँदा श्रीमान्‌को मृत्यु भएको छ भने श्रीमती बेपत्ता छिन् । बाँफिकोट गाउँपालिका ५ बाट ६ नम्बर हुँदै घर जाने क्रममा बाँफिकोट गाउँपालिका ८ दुलीखाका ५० वर्षीय अमृत घर्तीको मृत्यु भएको हो भने उनकी श्रीमती ४८ वर्षीया तुलषा बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

ढुंगामाटो बोक्दै कर्णालीका मन्त्री

शुक्रबार बिहानै मुख्यमन्त्री महेन्द्रबहादुर शाही वीरेन्द्रनगर नगरपालिका–६ स्थित सरस्वती बाल विकास केन्द्र विद्यालयको भवन निर्माणमा खटिए।

ADVERTISEMENT

मदिरा बिक्रीमा कडाइ: किन्दा बुवाको नाम अनिवार्य

कर्णाली प्रदेश सरकारले मदिरा कारोबारमा कडाइ गर्ने भएको छ । मदिराको सहज कारोबारले विकृति/विसंगति बढेको दाबी गर्दै प्रदेशको गृह अर्थात् आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मदिरा सेवन गर्नेको विस्तृत विवरण उल्लेख गरेपछि मात्र व्यवसायीले बिक्री गर्न दिने व्यवस्था गर्न लागेको छ ।

सुविधाभन्दा सास्ती धेरै

डोजरमार्फत जथाभावी सडक निर्माण गरिँदा यहाँका अधिकांश गाउँ पहिरोको जोखिममा परेका छन् । जमिन कमजोर भएपछि दैनिकजसो पहिरो खस्न थालेको छ । जथाभावी सडक खनेकै कारण बन्गाड कुपिण्डे नगरपालिकाका खहरेखोला, ब्युरेनी, गर्चे, बरेली, खैरागाड, स्याला र शंखपीपल गाउँ जोखिममा छन् ।