कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कृषि बैंकमा अनलाइन सेवा

भीमबहादुर सिंह

जाजरकोट — कृषि विकास बैंक लिमिटेड जाजरकोट शाखामा अनलाइन बैंकिङ सेवा सञ्चालनमा आएको छ ।

कृषि बैंकमा अनलाइन सेवा

शाखा स्थापना भएको ४२ वर्षपछि वैंकले अनलाइन सेवामार्फत विभिन्न कारोबार गर्न सुरु गरेको हो । कृषिले अन्तर्राष्ट्रिय बैंकिङ प्रविधि सीबीएससहितको अनलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

कृषि वैंकले अनलाइनमार्फत भिसा डेबिड कार्ड, एडीबीएल, एसएमएस अर्लट, सी आस्वा, मोबाइल बैंकिङलगायत सेवा सञ्चालन ल्याएको हो । अनलाइन सेवासँगै बैंकले कर्जा लगानी, निक्षेप सेवा, विप्रेषणलगायत कारोबार गर्न सुुरु गरेको छ ।

कृषि बैंकले अनलाइन सेवाका साथै अन्य सम्पूर्ण बैंकिङ सेवा सञ्चालनमा ल्याएपछि जाजरकोट निक्षेपकर्ता र सेवाग्राही खुसी भएका छन् । सरकारी कारोबार गर्ने एक मात्र बैंक नेपाल बैक लिमिटेडमा निक्षेपलगायत बैंकिङ कारोबार गर्न सास्ती खेप्दै आएका उनीहरू कृषि बैंकमा यस्तो कारोबार सञ्चालनमा आएपछि खुसी भएका हुन् ।

यसअघि कृषि बैंकले विभिन्न कर्जा र बैंक जमानत कारोबार मात्र गर्दै आएको थियो । कृषि बैंकले जाजरकोटसहित दुई सय २५ शाखामा अनलाइन सेवा सञ्चालन गरेको छ ।
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले शुक्रबार एक कार्यक्रमबीच खलंगास्थित कार्यालयमा अनलाइन सेवाको आरम्भ गरेका थिए ।

सेवाको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सिटौलाले जनता र कृषि विकास बैंकबीचको सम्बन्ध बलियो र पराकिलो बनाउन लागिपरेको बताए । समग्र कृषि विकासको दायित्व बोकेको यस बैंकले प्रवाह गर्ने अन्य तमाम सेवाका बारे नेपाली जनमानसमा परिचित गर्न लागेको उनले जनाए ।

‘नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक, धेरै पुँजी, धेरै सेयर संख्या र ठूलो नेटवर्क भएको बैंक नै कृषि विकास हो,’ उनले भने । कृषिको क्षेत्रको विकासमा ठूलो भूमिका बोकेको यो बैंकले अन्य क्षेत्रको समृद्धि र विकासका लागि पनि सक्रिय रहेको उनले बताए । उनले कृषि विकास बैंकको १३ खरब ५० अरब चुक्ता पुँजी, लगानी कर्जा ९६ अरब, २० लाख सेयरधनी, कर्जाग्राही २ लाख र १० लाख निक्षेपकर्ता, दुई सय ७३ शाखा रहेको बताए ।

गत आर्थिक वर्ष बैंकले तीन अर्ब ६७ करोड मुनाफा आर्जन गरेको उनले बताए । जाजरकोटका ३ वटा स्थानीय तहमा अबको एक महिनाभित्रै शाखा स्थापना गरेर बैंकिङ सेवा सञ्चालन गर्न लागेको सिटौलाले बताए । कुशे, जुनीचाँदे र बारेकोट गाउँपालिकामा सेवा सञ्चालन गर्नका लागि जनशक्ति खटाउनेलगायत सम्पूर्ण तयारी भइसकेको उनले बताए । अन्य बैंक जान नचाहेको दुर्गम स्थानमा कृषि बैंक जान लागेको उनको भनाइ छ ।

कृषि विकास बैंकले सरल कृषि कर्जा, उद्योग कर्जा, व्यापार कर्जा, कर्मचारी सेवा, घरायसी कर्जालगायत ३५ प्ररकारका कर्जा प्रवाह र ६/७ प्रकारका खाता सञ्चालन गर्ने गरेको जाजरकोट शाखा प्रबन्धक महानन्द चौंलागाईंले बताए ।

जाजरकोट शाखाले गत आबमा १ करोड ३४ लाख मुनाफा आर्जेको उनले बताए । यस शाखामा बाह्र करोड २० लाख कर्जा लगानी, एक करोड ५० लाख निक्षेप रकम, नौ सय ११ निक्षेपकर्ता र कर्जाग्राही चार सय ७३ रहेको प्रबन्धक चौलागाईंले बताए । कृषि विकाससहित जाजरकोटमा सकारी कारोबार गर्ने बैंक दुई पुगेका छन् ।

प्रकाशित : भाद्र १८, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?