२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७
कर्णाली

Pradesh-6

डेढ महिनादेखि सडक अवरुद्ध

अविरल वर्षाका कारण गमगढी–नाग्मा सडक डेढ महिनादेखि अवरुद्ध भएको छ । लामो समयसम्म सडक सुचारु नहुँदा जिल्लामा दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री अभाव हुन थालेको छ । सडक बन्द भएपछि स्थानीयवासी घण्टौं पैदलयात्रा गर्न बाध्य छन् ।

डेढ महिनादेखि सडक अवरुद्ध

पीडितलाई प्रदेश सरकारको राहत

घरको तला खस्दा एकै परिवारका ५ जनाले ज्यान गुमाएका पीडित परिवारलाई कर्णाली प्रदेश सरकारले एक लाख ५० हजार राहत रकम प्रदान गरेको छ ।

पीडितलाई प्रदेश सरकारको राहत

कृषि भवनमा अब ज्ञान केन्द्र

जिल्ला कृषि विकास कार्यालयको भवमा कृषि ज्ञान केन्द्र स्थापना गर्न लागिएको छ । मुसीकोट नगरपालिका–१, स्थित भवनबाट रुकुम पश्चिम र सल्यान जिल्लामा काम गर्ने गरी ज्ञान केन्द्र स्थापना हुन लागेको हो ।

कृषि भवनमा अब ज्ञान केन्द्र
भाद्र १८, २०७५

तरकारीले बजार पाएन

बन्गाडकुपिण्डे नगरपालिका–४, गर्चेका किसानले उत्पादन गरेको तरकारीले बजार पाउन सकेको छैन । वर्षाका कारण यातायातका साधन नचल्दा तरकारी बिक्रि हुन नसकेको हो । बारीमै तरकारी कुहिन थालेपछि किसान चिन्तित भएका छन् ।

तरकारीले बजार पाएन

सल्यानमा समता विद्यालय

समता निकेतनले ७७ औं शाखाको रूपमा शारदा नगरपालिका–१, श्रीनगरमा विद्यालय स्थापना गरेको छ । विपन्न बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नेगरी समताले विद्यालय स्थापना गरिएको जनाइएको छ ।

सल्यानमा समता विद्यालय
भाद्र १७, २०७५

कर्णाली सरकारले बनायो विज्ञ समूह

प्रदेश सरकारले एकीकृत कर्णालीको विकासका लागि विज्ञ समूह गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले सबै क्षेत्र सम्मिलित विज्ञ समूह गठन गरेको हो । 

कर्णाली सरकारले बनायो विज्ञ समूह

सक्रिय बन्दै न्यायिक समिति

बाँफिकोट गाउँपालिका न्यायिक समितिमा छलफल गर्न, मुद्दा सुनुवाइ र फैसलाका लागि छुट्टै व्यवस्था छैन । समितिको संयोजककै कार्यकक्षमा सबै काम गरिन्छ ।

सक्रिय बन्दै न्यायिक समिति