पीडितलाई प्रदेश सरकारको राहत

सल्यान — घरको तला खस्दा एकै परिवारका ५ जनाले ज्यान गुमाएका पीडित परिवारलाई कर्णाली प्रदेश सरकारले एक लाख ५० हजार राहत रकम प्रदान गरेको छ ।

पीडितलाई प्रदेश सरकारको राहत

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पीडितकै घरमा पुगेर राहत रकम हस्तान्तरण गरेका हुन् । घटनामा बाँच्न सफल भएका तीन बालिकालाई नि:शुल्क शिक्षाको व्यवस्था प्रदेश सरकारले गर्ने मन्त्री ज्वालाले बताए ।

गत मंगलवार घरको तला खस्दा बाग्चौर नगरपालिका–४, सेतीगुराँसका ३९ वर्षीय रामसिंह कामी, उनकी पत्नी ३५ वर्षीया रामकला, ६ वर्षकी छोरी गंगा, ५ वर्षकी प्रमिला र ४ वर्षीय छोरा रुपलालको ज्यान गएको थियो ।

उनीहरूसँगै सुतेकी ९ वर्षीया सुनिता विक घाइते भएकी थिइन् । पीडित परिवारलाई यसअघि जिल्ला प्रशासन कार्यालयले एक लाख रुपैयाँ राहत उपलव्ध गराएको थियो । राहत प्रदान गरेको थियो ।

पीडित परिवारलाई बाग्चौर नगरपालिकाले पनि राहत उपलब्ध गराउने भएको छ । यसैबीच छत्रेश्वरी गाउँपालिका–२, दहखोलामा पहिरोका कारण घरवारविहीन बनेका यमबहादुर ओली, लक्ष्मण केसी र प्रेम केसीको परिवारलाई राहत सामग्री वितरण गरिएको छ । उनीहरूले आफन्तको घरमा शरण लिएका छन् ।

प्रकाशित : भाद्र १९, २०७५ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?