१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जुम्लामा एप्पल फेस्टिवल 

एलपी देवकोटा

जुम्ला — जुम्ली स्याउको उत्पादन, बजारीकरण र प्रवर्द्धनका लागि कर्णालीमै पहिलो पटक एप्प्ल फेस्टिवलको आयोजना गरिएको छ ।

जुम्लामा एप्पल फेस्टिवल 

एप्पल फेस्टिबलका माध्यमबाट स्याउ पर्यटनको आधार तर्जुमा गरिने भएको हो ।

काञ्जिरोवा मासिक पत्रिकाले स्याउसँग सरोकार राख्ने निकायहरु कृषि विकास डिभिजन कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना स्याउ सुपरजोन, उच्च प्रवतीय कृषि अनुसन्धान परिषद र चन्दननाथ नगरपालिका लगायतको सहकार्यमा स्याउको परिकार उत्पादन सम्बन्धि प्रचार प्रसार गर्ने उद्देश्यका साथ जुम्लामा एप्पल फेस्टिवलको आयोजना गरेको हो ।


एप्पल फेस्टिवलमा स्याउका विभिन्न परिकारको स्टल राखिएको छ । स्याउको जुस, जाम, जेलि, लस्सि, एप्पल मिल्क सेक, मालिन चाना लगायतका परिकारहरु स्टलमा राखिएको छ ।


कृषकहरुले आफ्नो बगैचामा उत्पादन भएको स्याउ फेस्टिवलमा ल्याएका छन् ।


स्याउको महत्व झल्काउने र स्थानीय संस्कृतिको जोगेर्ना हुने गरी सांस्कृतिक कार्यक्रम समेत गरिएको छ ।


स्याउको सूचना केन्द्र राखेर स्याउको उत्पादन बजारीकरण सम्बर्द्धनका विषयमा जानकारी समेत दिइरहेको आयोजक संस्थाका महेन्द्र कार्कीले बताए ।


बाह्य पर्यटकहरुलाई देखाउनका लागि स्याउको रुख पनि प्रदर्शनका लागि राखिएको छ ।

प्रकाशित : भाद्र १९, २०७५ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?