कर्णाली
भाद्र २०, २०७५

पहिरोले नहर भत्काउँदा विद्युत आपूर्ति बन्द, जनजीवन प्रभावित

अविरल वर्षाका कारण डोल्पाको सदरमुकाम दुनैमा रहेको जैरिगाड साना जलविधुत केन्द्रको नहरलाई सोमबार साँझ आएको पहिरोले भत्काएपछि विद्युत आपूर्ति बन्द भएको छ । विद्युत आपूर्ति बन्द हुँदा यस जिल्लाको सदरमुकाम दुनै अन्धकारमय बनेको छ ।

टावर बिग्रिदाँ गाउँपालिका सञ्चारविहीन 

कालिमाटी गाउँपालिकाको बडाढुंगामा रहेको टावरमा आएको खराबीका कारण गाउँपालिका क्षेत्र एक महिनादेखि सञ्चारविहीन बनेको छ । यहाँका झण्डै १७ हजार घरपरिवार प्रभावित भएका छन् ।

आयोगको केन्द्र जिल्लामै राख्न माग

शिक्षक सेवा आयोगको परीक्षाको केन्द्र जिल्लामै राख्न परीक्षार्थीले माग गरेका छन् । आयोगले प्राथमिकदेखि माध्यमिक तहसम्मको स्थायी पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ ।

उपआयोजना स्थानीय तहलाई हस्तान्तरण

उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको सहयोगमा सम्पन्न भएका ८३ उपआयोजनाहरू सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।

भाद्र १९, २०७५

डेढ महिनादेखि सडक अवरुद्ध

अविरल वर्षाका कारण गमगढी–नाग्मा सडक डेढ महिनादेखि अवरुद्ध भएको छ । लामो समयसम्म सडक सुचारु नहुँदा जिल्लामा दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री अभाव हुन थालेको छ । सडक बन्द भएपछि स्थानीयवासी घण्टौं पैदलयात्रा गर्न बाध्य छन् ।

ADVERTISEMENT

पीडितलाई प्रदेश सरकारको राहत

घरको तला खस्दा एकै परिवारका ५ जनाले ज्यान गुमाएका पीडित परिवारलाई कर्णाली प्रदेश सरकारले एक लाख ५० हजार राहत रकम प्रदान गरेको छ ।

कृषि भवनमा अब ज्ञान केन्द्र

जिल्ला कृषि विकास कार्यालयको भवमा कृषि ज्ञान केन्द्र स्थापना गर्न लागिएको छ । मुसीकोट नगरपालिका–१, स्थित भवनबाट रुकुम पश्चिम र सल्यान जिल्लामा काम गर्ने गरी ज्ञान केन्द्र स्थापना हुन लागेको हो ।