१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

प्रदेश कृषि मन्त्रालयको बजेट साढे २ अर्ब

सुर्खेत — भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आवमा साढे २ अर्ब बजेट खर्च गर्ने भएको छ ।

प्रदेश कृषि मन्त्रालयको बजेट साढे २ अर्ब

मन्त्रालयले चालु र पुँजीगत गरेर २ अर्ब ५५ करोड ३२ लाख ६४ हजार रुपैयाँ बजेट खर्च गर्ने अख्तियारी पाएको हो ।

मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै अग्र्यानिक मोडेल कार्यक्रममार्फत अग्र्यानिक प्रदेशको प्रारम्भिक आधारशिला तयार गर्ने, किसान सरकार हातेमालो कार्यक्रम, व्यावसायिक प्रतिस्पर्धाका लागि कृषि प्रोत्साहन अनुदान कार्यक्रम, हाइटेक नर्सरीलगायतका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

मन्त्री विमला केसीले कृषिजन्य वस्तुको उत्पादन तथा बजारीकरणका लागि कृषि पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने बताइन् । त्यसका लागि कृषि सडक, सिंचाइ, कृषिउपज संकलन केन्द्र, कृषि यान्त्रीकरण, सहकारी भवन निर्माण गरिनेछ । ‘लक्षित वर्गलाई कृषि पेसामा आकर्षण गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भनिन्, ‘गरिबी निवारण केन्द्रित विकास मोडलमार्फत विपन्नहरूलाई रोजगारीका अवसर सिर्जना गर्ने गतिविधि सुरु गर्नेछौं ।’

मन्त्रालयले सहकारीमार्फत उत्पादन र बजारीकरणका लागि सहकारी सिद्धान्तअनुरूप सहकारी नमुना गाउँ स्थापना गर्नेछ । अग्र्यानिक मोडल कृषि उत्पादनका १० वटा कार्यक्रम सञ्चालन हुनेछन् । जसलाई कार्यान्वयन गर्न अग्र्यानिक कृषि अनुसन्धान केन्द्र र विषादी परीक्षण प्रयोगशाला पनि यसै वर्ष स्थापना गर्ने कार्यक्रम छ ।

प्रकाशित : भाद्र २०, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?