१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

पहिरोले नहर भत्काउँदा विद्युत आपूर्ति बन्द, जनजीवन प्रभावित

विष्णुलाल बुढा

डोल्पा (दुनै) — अविरल वर्षाका कारण डोल्पाको सदरमुकाम दुनैमा रहेको जैरिगाड साना जलविधुत केन्द्रको नहरलाई सोमबार साँझ आएको पहिरोले भत्काएपछि विद्युत आपूर्ति बन्द भएको छ । विद्युत आपूर्ति बन्द हुँदा यस जिल्लाको सदरमुकाम दुनै अन्धकारमय बनेको छ ।

पहिरोले नहर भत्काउँदा विद्युत आपूर्ति बन्द, जनजीवन प्रभावित

सोमबार साँझ ७ बजेतिर गएको पहिरोले उक्त विद्युत केन्द्रको नहर भत्काएर बन्द भएको वितरण नहर बनाएर पुनस् वितरण सुरु नहुँदै बुधवार बिहान ३ बजेतिर अर्को ठाउँमा पनि पहिरो गई थप नहर भत्केकाले विद्युत आपूर्ति कहिले सुचारु हुने अनिश्चित बनेको दुनैका स्थानीय सन्तोषबहादुर शाहीले बताए ।

सोमबारदेखि बुधबारसम्म जिल्लाका विभिन्न ठाउंमा गएको पहिरोले सदरमुकामकै जैरिगाड साना जलविद्युत केन्द्रको नहर क्षेति गरेकाले सदरमुकाम दुनै अन्धकारमय बनेको छ ।


विद्युत आपूर्ति बन्द हुँदा सबैभन्दा बढी स्थानीय रेडियो तथा एफएमहरुलाई मार परेको नेपाल पत्रकार महासंघ डोल्पाका सचिव रुपलाल बोहोराले बताए ।


प्रकाशित : भाद्र २०, २०७५ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?