१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

१ सय २४ जनाको आँखा शल्यक्रिया

डोल्पा — दुनैमा आयोजना गरिएको आँखाको नि:शुल्क शल्यक्रिया शिविरमा एक सय २४ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको छ ।

१ सय २४ जनाको आँखा शल्यक्रिया

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले शिविरको आयोजना गरेको हो । शल्यक्रिया शिविरका लागि त्रिपुराकोट, जुफाल, इल, काइगाउँ, लिकु ताराबगर लगायत १० स्थानमा छनोट शिविर सञ्चालन गरिएको थियो ।

आँखा अस्पताल सुर्खेतका वरिष्ठ नेत्र अधिकृत प्रेम दिक्षितका अनुसार विभिन्न ठाउँमा सञ्चालन गरिएको छनोट शिविरमा एक हजार ६ सय ६४ जनाको आँखा जाँच गरिएको थियो । सुर्खेत आँखा अस्पतालका डा. शक्तिप्रसाद सुवेदी सहितको टोलीले शल्यक्रिया गरेको हो ।

मोतिविन्दु विशेषगरी ४० वर्षमाथिको उमेर समूहका व्यक्तिलाई लाग्ने गरेको डा. सुवेदीले बताए । उनले डोल्पाका सबै उमेर समूहका व्यक्तिमा आँखाको समस्या रहेको पाइएको जनाए ।

प्रकाशित : भाद्र २१, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?