कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते  

हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिका–४ सोलावाङबाट गाराघाट जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते छन् ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते  

बाँफिकोट गाउँपालिका–९ घर भइ मुसिकोट नगरपालिका–१ गाराघाट बस्ने २८ वर्षीय धनमाया देवकोटाको मृत्यु भएको हो । दुर्घटनामा घाइते देवकोटाको उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा मृतककी छोरी १३ वर्षीय मुना, मुसिकोट नगरपालिका–१३, की २४ वर्षीया कमला केसी र बाँफिकोट–९ की १६ वर्षीया ललिता ओली घाइते छन् । घाइते तीनै जनालाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । घाइते मध्य मुना र ललिता गम्भीर रहेको जनाइएको छ ।


रोकिराखेकाे ट्याक्टर आफै गुडेर २० मिटर तल पुगेको प्रत्यक्षदर्शीले जनाएका छन् । ट्याक्टर चालक स्थानीय पानाखोलामा आएको पानीको सतह हेर्न गएका बेला ट्याक्टर आफै गुडेको थियो ।


ट्याक्टर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिकुमार ढुङ्गानाले बताए ।

प्रकाशित : भाद्र २२, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?