कर्णाली
भाद्र २३, २०७५

फ्रि वाइफाई जडान तीव्र

सरकारको फ्रि वाइफाई नाराअन्तर्गत कर्णाली, ५ र ७ नम्बर प्रदेशका दुई जिल्लामा फ्रि वाइफाई जडान कार्यले तीव्रता पाएको छ । वर्ल्डलिंक कम्युनिकेसनले ९ वटै जिल्लामा इन्टरनेट जडान गरिरहेको हो ।

झोलुंगे पुलका लागि हारगुहार

भेरीगंगा नगरपालिका–१ को बसेरी र वीरेन्द्रनगर–९ थापाडेरा क्षेत्रमा पर्ने भेरी नदीमा पुल नहुँदा स्थानीयवासीले वर्षौंदेखि सास्ती भोग्नुपरेको छ । पुल नहुँदा दस वर्षको त्यस क्षेत्रका १४ जनाले ज्यान गुमाइसकेका छन् ।

भाद्र २२, २०७५

२५ शय्या अस्पताल चलाउँदै नगरपालिका

आठबीसकोट नगरपालिकाले २५ शय्याको अस्पताल सञ्चालन गर्न थालेको छ । अस्पतालका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक जना डाक्टर आठबीसकोट नगरपालिकालाई दिने भएको छ ।

हुम्लाको परीक्षा केन्द्र सुर्खेत

शिक्षक सेवा आयोगले सबै तहका शिक्षकको पदपूर्तिका लागि परीक्षा केन्द्र सुर्खेतमा तोकेपछि यहाँका परीक्षार्थीलाई सास्ती हुने भएको छ ।

स्यार्पुमा अर्को विद्युत् आयोजनाको तयारी

स्यार्पुतालबाट अर्को विद्युत् उत्पादनको तयारी गरिएको छ । बाँफिकोट गाउँपालिका–३ र ५ नम्बर वडामा फैलिएको स्यार्पुतालको पानीबाट अर्को विद्युत् उत्पादन गर्ने गरी सम्भाव्यता अध्ययनको तयारी थालिएको हो ।

भाद्र २१, २०७५

वारि चौंरी, पारि मोटर

जिल्लाको उत्तरी सीमा तिब्बतका अधिकांश स्थानमा मोटर सुविधा भए पनि अधिकांश बासिन्दालाई सामान ढुवानीका लागि चौंरीकै भर पर्नुपर्ने बाध्यता छ । तिब्बती सीमा जोडिएको मुगम कार्मारोङ गाउँपालिकाका बासिन्दा सडक सुविधा नहुँदा आउजाउका लागि घण्टौं हिँड्न बाध्य छन् ।

स्ट्रेचर माग्दै ज्ञापनपत्र

त्रिवेणी गाउँपालिकाका महिलाले बिरामी बोक्ने स्ट्रेचर लगायत स्वास्थ्यसँग सम्बन्धित ६ वटा माग राखेर गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् ।

ADVERTISEMENT

मासुको मूल्य मनपरी

वीरेन्द्रनगरका मासु व्यवसायीले खसीको मासुको मूल्यमा अस्वभाविक वृद्धि गरेका छन् । कृषकबाट निकै सस्तोमा खसीबोका खरिद गरेर व्यवसायीले मासु दोब्बर बढी मूल्यमा बिक्री गरेको पाइएको छ ।