१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चितुवाको छालासहित युवक प्रकाउ

ज्योती कटुवाल

दैलेख — अछामको तुर्माखात गाउँपालिका–६ धमालीका १८ वर्षीय नवीन धमलालाई चितुवाको छालासहित दैलेखमा प्रकाउ गरिएको छ ।

चितुवाको छालासहित युवक प्रकाउ

कर्णाली प्रदेश कार्यालयको विषेश टोलीले सुराकीका आधारमा दैलेखको राकम कर्णालीबाट धमलालाई चितुवाको छाला सहित प्रकाउ गरेको हो ।


अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख ठाकुरप्रसाद पोखरेलले बताए ।

दैलेखमा चितुवाको छालासहित व्यक्ति पक्राउ गरिएको यो पहिलो घटना भएको प्रहरी प्रमुख पोखरेलले बताए ।


प्रकाउ परेका नवीन कक्षा १२ अध्ययनरत थिए । उनले भने आफूलाई कुनै जानकारी विना नै सामान दैलेखको साइखोलामा पुर्‍याउने सम्झौता भएको बताए ।

प्रकाशित : भाद्र २४, २०७५ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?