कर्णाली
भाद्र २५, २०७५

संरचना टुंगो नलाग्दा जनता आवास अलपत्र

प्रादेशिक संरचनाबारे टुंगो लाग्न नसक्दा जनता आवास कार्यक्रम अन्योलमा परेको छ । दलित, विपन्न मुसलमान, लोपोन्मुख तथा अति सीमान्तकृत जाति/समुदायलाई नि:शुल्क आवास निर्माण गर्ने सरकारको यो कार्यक्रमको सांगठनिक संरचना टुंगो नलाग्दा अन्योलमा परेको हो ।

द्वन्द्वपीडित महिलासँग नाचे सांसद

५ नम्बर प्रदेशसभाको भौतिक पूर्वाधार विकास समितिकी सभापति आशा स्वर्णकार रुकुम पश्चिमको सदरमुकाममा छिन् । कर्णाली प्रदेशसभा सदस्य देवी ओली पनि जिल्ला आएको दुई दिन भयो ।

३ घन्टा हिँडेर विद्यालय

जिल्ला शिक्षा कार्यालयको अनुमतिमा शारदा नगरपालिका–११, पेदीखोलामा रहेको जनसेवा माविमा २०६६ देखि २०७३ सम्म माध्यमिक तहको पढाइ भयो ।

दुर्घटनामा दुईको मृत्यु

स्यानीखालबाट दाङको तुलसीपुर जाँदै गरेको लु १ च ५६६४ नम्बरको पिकअप जीप सोमबार बिहान ८:३० बजेतिर स्यानीखालको अत्तरकाडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

भाद्र २४, २०७५

कर्मचारी अभावले काम प्रभावित

कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा कामकाजमा समस्या भएको छ । ४७ कर्मचारीको दरबन्दी रहेको मन्त्रालयमा अझै २४ कर्मचारीको पदपूर्ति हुन सकेको छैन ।

बसपार्क अस्तव्यस्त सवारी पार्किङमा समस्या

छायानाथ रारा नगरपालिकास्थित घुघुने ओडारमा निर्माणाधीन बसपार्क अलपत्र परेको छ । बसपार्क अलपत्र भएपछि जिल्लामा सञ्चालन हुने सवारीसाधन पार्किङ गर्न र यात्रुलाई टिकट काट्न समस्या भएको छ ।

विद्यालयमा तालाबन्दी

प्रक्रिया मिचेर शिक्षक तथा कर्मचारी भर्ना गरिएको भन्दै त्रिवेणी गाउँपालिका–६, बाँठाकोटको भीमकल्याण आधारभूत विद्यालयमा अभिभावकले तालाबन्दी गरेका छन् ।

भाद्र २३, २०७५
ADVERTISEMENT

फ्रि वाइफाई जडान तीव्र

सरकारको फ्रि वाइफाई नाराअन्तर्गत कर्णाली, ५ र ७ नम्बर प्रदेशका दुई जिल्लामा फ्रि वाइफाई जडान कार्यले तीव्रता पाएको छ । वर्ल्डलिंक कम्युनिकेसनले ९ वटै जिल्लामा इन्टरनेट जडान गरिरहेको हो ।

झोलुंगे पुलका लागि हारगुहार

भेरीगंगा नगरपालिका–१ को बसेरी र वीरेन्द्रनगर–९ थापाडेरा क्षेत्रमा पर्ने भेरी नदीमा पुल नहुँदा स्थानीयवासीले वर्षौंदेखि सास्ती भोग्नुपरेको छ । पुल नहुँदा दस वर्षको त्यस क्षेत्रका १४ जनाले ज्यान गुमाइसकेका छन् ।