२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

दुर्घटनामा दुईको मृत्यु

बिप्लब महर्जन

सल्यान — स्यानीखालबाट दाङको तुलसीपुर जाँदै गरेको लु १ च ५६६४ नम्बरको पिकअप जीप सोमबार बिहान ८:३० बजेतिर स्यानीखालको अत्तरकाडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुईको मृत्यु

दुर्घटना परी जीप चालक समेत घाइते भएका छन् । मुत्यु हुने दुवै जना श्रीमान श्रीमती रहेका छन् ।


मृत्यु हुनेमा बाग्चौर नगरपालिका १० की धनी भनिने ५५ वर्षीया हुकुमी विक र उनका श्रीमान ६० वर्षीय बलबहादुर विक रहेका छन् ।


ओरालो सडकमा ओत हाल्न चालक ओर्लेपछि गाडी गुडेर दुर्घटनामा परेको चालक कमल विकले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सल्यानले चालक विकलाई अहिले नियन्त्रणमा लिएको प्रहरी नयाब उपरीक्षक विरेन्द्रबहादुर शाहीले बताए ।

प्रकाशित : भाद्र २५, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?