कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दैलेख अस्पताल प्रदेशकै उत्कृष्ट

दैलेख — कर्णाली प्रदेशका जिल्ला अस्पतालको न्यूनतम सेवास्तरमा दैलेख जिल्ला अस्पताल प्रथम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका विभिन्न आठवटा सूचकांकको आधारमा ९१ अंकसहित प्रथम भएको हो ।

दैलेख अस्पताल प्रदेशकै उत्कृष्ट

जिल्ला अस्पताल प्रमुख डा. निरञ्जन पन्तका अनुसार मूल्यांकनको लागि सेवा प्रवाह, आर्थिक सुशासन, जनशक्ति व्यवस्थापन, सूचना व्यवस्थापनलगायत मापदण्ड निर्धारण गरिएका थिए । ‘हामीले न्यूनतम स्रोतसाधनको बाबजुद पनि उत्कृष्ट सेवाप्रवाहको प्रयास गरेका छौं,’ उनले भने, ‘यसकै प्रतिफलस्वरूप सम्मान भएको हो ।’


दैलेख जिल्ला अस्पतालमा दैनिक करिब दुई बिरामी स्वास्थ्य उपचारका लागि आउने गर्छन् । अस्पतालमा तीन जना चिकित्सकको मात्र दरबन्दी छ । जनशक्ति अभावको कारण स्थानीय तहका स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीलाई काजमा ल्याएर काम गराउने गरिएको डा. पन्तले बताए । स्थानीय सरकार आएपछि दैलेख जिल्ला अस्पतालले उनीहरूसँग सहकार्य गर्दर्ै सेवा प्रभावकारी बनाएको छ ।


अस्पतालमा केही समयअघि चिकित्सकको उच्च निगरानीमा गरिने उपचार (एचसीयु) कक्ष सुरु गरिएको छ । न्यून जनशक्ति र स्रोतसाधनको अभाव रहेको अस्पतालमा यो कक्षले स्तरीय अस्पतालको झल्को दिने गरेको छ । ‘हामीले अन्य क्लिनिकल सेवा पनि चुस्त र विश्वासिलो बनाएका छौं,’ डा. पन्तले भने, ‘भविष्यमा अझ उत्कृष्ट गर्दै लैजाने योजना छ ।’


मन्त्रालयको मूल्यांकनमा सल्यान जिल्ला अस्पताल दोस्रो भएको छ । प्रदेशका १२ वटा सरकारी अस्पतालको मूल्यांकन गरिएको थियो ।

प्रकाशित : भाद्र २७, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?