अवैध मेडिकलमा उपचारको क्रममा महिलाको मृत्यु

भीमबहादुर सिंह

जाजरकोट — छेडागाड नगरपालिका–५, थलहबजारस्थित मेडिकलमा उपचारको क्रममा एक महिलाको मृत्यु भएको छ । थलह बजारको जयलक्ष्मी मेडिको फर्ममा छेडागाड–१०, नल्फुकी ३८ वर्षीया पन्चकलानाथ योगीको सामान्य ज्वरोको उपचारका क्रममा मृत्यु भएको हो ।

मेडिकल संचालक तिलक बोहराको लापरवाहीले ज्यान गएको आफन्तको आरोप छ ।

Yamaha


योगीको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले मेडिकल संचालक बोहरालाई कारवाही तथा क्षतिपूर्तिको माग गर्दै प्रर्दशन गरेका छन् । घटनापछि प्रहरीले सल्यान घर भइ थलहबजारमा मेडिकल सञ्चालन गर्दै आएका बोहोरालाई शुक्रबार नै पक्राउ गरेको छ । उपचारमा लापरवाही गरेर आमाको ज्यान गएको छोरा किशोरले दाबी गरे ।

‘आमालाई ज्वरो आएको र सामान्य छाती दुख्ने समस्या भएपछि बिहीबार थलबजारको उक्त मेडिकल ल्याएका थियौं । मेडिकल संचालक बोहराले जाँच गरेपछि ३ वटा सुई लगाईदिए, औषधि खान दिए । अब घरमा लैजानुहोस्, ठिक भैहाल्छ भनेर भनेपछि घर लैजाने क्रममा बाटोमै आमाको मृत्यु भयो,’ उनले भने, ‘गलत सुई तथा औषधिको प्रयोगले आमाको ज्यान गयो । बिरामीको निको होला भनेर पो नजिकको मेडिकलमा ल्याएको हो । तर गलत औषधि दिएर ज्यानै लिने काम भयो,’ किशोरले भने ।

उनले आमाको ज्यान जाने गरेर उपचारमा लापरवाही गर्ने मेडिकल संचालक बोहोरालाई कानुनी कारबाहीका साथै उचित क्षतिपूर्तिको माग समेत गरेका छन् ।

पाँच बर्ष अघि पतिको मृत्यु भई एकल जीवन बिताइरहेकी योगीका २ छोरा र एक छोरी छन् ।

मृतकको शव पोष्टमार्टमका लागि जाजरकोट अस्पताल ल्याउँदै गरेको प्रहरी निरीक्षक लोकबहादुर विष्टले बताए । घटनाबारे अनुसन्धान थालिएको उनले बताए । सुर्खेतस्थित जयलक्ष्मी मेडिको फर्मको नामबाट बोहराले थलहबजार मेडिकल संचालन गर्दै आएका थिए ।

मेडिकल संचालनका लागि फार्मेसी पढेर औषधि व्यवस्थापन विभागबाट प्रमाणपत्र लिनुपर्ने प्रावधान छ, तर उनले अर्काको फर्मबाट २१ वर्ष अघिदेखी अवैध रुपमा मेडिकल संचालन गर्दै आएका थिए ।

मेडिकल संचालक बोहरालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक विष्टको भनाई छ । गत वर्ष स्थानीय प्रशासनले अनुगमन गर्दा बोहोराले अवैध रुपमा मेडिकल सञ्चालन गरेको पाइएको थियो । बोहोराले प्रशासनसँग मेडिकल नचलाउने र बन्द गर्ने लिखित कागज समेत गरेका थिए । जाजरकोटका दुर्गम गाउँहरुमा बोहोराका जस्तै अवैध मेडिकलको बिगबिगी रहेको छ ।

Esewa Pasal

प्रकाशित : भाद्र २९, २०७५ १६:०६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

१३ करोड खर्चेर सकियो मनकामना पुनर्निर्माण, दसैंमा भक्तजनका लागि खुल्ने

हरिराम उप्रेती

गोरखा — मनकामनाको मुल मन्दिरको पुनर्निर्माण सकिएको छ । २०७२ असारबाट जगैदेखी भत्काएर मन्दिरको पुनर्निर्माण शुरु भएको थियो । तीन वर्ष लगाएर मन्दिर पुरानै स्वरुपमा निर्माण गरिएको हो । 


२०७२ वैशाख १२ को भूकम्प अगावै दक्षिण पश्चिम ६ इन्च ढल्किएको मन्दिर भूकम्पपछि थप जिर्ण बन्दै गएपछि पुनर्निर्माण थालिएको थियो। मन्दिरको छानामा सुनको जलप लगाउन मात्र १८ किलो सुन खर्च भएको जिर्णोद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए। सुनको जलपले मन्दिरको आकर्षण बढेको छ।

‘करिब नौ करोड रुपैयाँ सुन खरिद गर्न लाग्यो,’ श्रेष्ठले भने। पुरातत्व विभागसँग अनुमति लिएर राष्ट्र बैंकबाट सुन खरिद गर्ने प्रावधान अनुसार सुन खरिद गरिएको हो। छानामा तामाको पाता विछ्याएर सुनको जलप लगाइएको छ।

मन्दिरको निर्माण सकिएसँगै ‘दशकर्म’पुजा गरेर मन्दिर उद्घाटन गर्ने तयारी गरिएको छ। पुनर्निर्माण सुरु गर्दा क्षमा पुजा गरेर मन्दिर भत्काउन थालिएको थियो। ‘भगवानलाई शुद्घ बनाउन दशकर्म पुजा गर्नुपर्ने परम्परा रहेछ,’ श्रेष्ठले भने, ‘अब मन्दिर उद्घाटनको तयारीमा लाग्छौँ, दसैंमा भक्तजनलाई मन्दिर भित्रै पुजा गर्ने व्यवस्था मिलाउने तयारीमा जुटेका छौँ।’

मन्दिर पुनर्निर्माण सक्न करिब १३ करोड रुपैयाँ लागेको श्रेष्ठले बताए। ‘अब कति खर्च भयो अडिट गर्दैछौँ,’ उनले भने। मन्दिर पुनर्निर्माणका लागि चार करोड नेपाल सरकारले उपलब्ध गराए पनि अन्य रकम भक्तजनबाटै संकलन भएको हो। झण्डै १० करोड रुपैयाँ भक्तजनबाट संकलन भएको जिर्णोद्वार समितिले जनाएको छ। मन्दिरको अन्य संरचना निर्माण गर्न तीन–चार करोड रुपैयाँ अझै खर्च लाग्ने उनले बताए।

‘हामीसँग अझै भक्तजनबाटै उठेको तीन करोड जति छ, केवलकारले पनि पैसा दिन्छु भनेको छ, स्थानीयहरुसँग पनि पैसा संकलन गर्दैछौँ,’ उनले भने। मन्दिरको अन्य काम गर्न पैसा अभाव नरहेको उनले बताए।

मन्दिरको आँगनमा ढुङ्गा छाप्ने काम आइतबार सुरु हुने जिर्णोद्वार समितिले जनाएको छ। नुवाकोटबाट ढुङ्गा ल्याएर छाप्ने तयारी समितिले गरेको छ। आँगनमा ढुङ्गा छाप्न एक/डेड महिना लाग्ने अनुमान गरिएको छ।

भजन मण्डली बनाउने, पश्चिम पट्टिको भिराला जमिनमा टेवा पर्खाल लगाएर आँगन बढाउने तयारी पनि गरिएको छ। ‘पश्चिमपट्टि पाँच–सात मिटर आँगन बढाउने भनेर छलफल चलेको छ,’ उनले भने। अन्य संरचना बनाउन डिपिआर तयार गर्ने क्रममा रहेको जिर्णोद्वार समितिले जनाएको छ। पैसा पुगे धर्मशाला लगायतका संरचना निर्माण गर्ने तयारी समितिले जनाएको छ।

प्रकाशित : भाद्र २९, २०७५ १५:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT