१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बाढीपहिरोले तीन महिनामा ११ को मृत्यु

सल्यान — बाढीपहिरोका कारण जिल्लामा तीन महिनाको अवधिमा ११ जनाको मृत्यु भएको छ । प्राकृतिक प्रकोपका कारण असार, साउन र भदौमा करिब दुई करोड ४३ लाखको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढीपहिरोले तीन महिनामा ११ को मृत्यु

अविरल वर्षाले विभिन्न स्थानमा गएको बाढी र पहिरोका कारण ९० घटना घटेका छन् ।

बाढीपहिरोमा ७० घर, ६ विद्यालय र अन्य १९ भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीले बगाउँदा दार्मा गाउँपालिका–६ भुर्तिबाङका दुई बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बाढीका कारण ११ घर, एक विद्यालय र ५ अन्य भौतिक संरचनामा क्षति भएको हो ।

प्रहरीका अनुसार पहिरोमा परी बाफुखोलामा एकै घरका तीनजनाको मृत्यु भएको छ । त्यस्तै वर्षापछि घर भत्किँदा बागचौर–४, सेतोगुराँसमा एकै घरका पाँचजनाको मृत्यु भएको थियो । कालीमाटीमा पहिरोसँगै खसेको ढुंगा लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षाका कारण खोलामा बाढी आउँदा बन्गाड कुपिण्डे नगरपालिकाको गैरीबजार डुबानमा परेको थियो ।

छत्रेश्वरीको दहखोलामा बाढी र कुमाखमा पहिरोका कारण ५० घरमा क्षति पुगेको थियो । अविरल वर्षाका कारण बन्गाड, मर्म, दार्मालगायत खोलामा बाढी आउँदा एक हजार रोपनी खेत बगाएको छ । प्रमुख जिल्ला अधिकारी केशवराज ढकालले मृतकका परिवारलाई प्रतिव्यक्ति २५ हजारका दरले किरियाखर्च दिइएको जनाए । कुमाख गाउँपालिकामा बाढीपहिरोका कारण एक करोड बढीको क्षति भएको थियो ।

प्रकाशित : आश्विन ४, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?